७ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

एनआइसी बैंकबाट सबै प्रदेशलाई सहयोग

काठमाडौं – एनआइसी एसिया बैंकले सातै प्रदेश सरकारको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १५–१५ लाख रुपैयाँका दरले सहयोग गरेको छ । 

बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग रकम सम्बन्धित प्रदेश सरकारका बैंक खातामा जम्मा गरेको जनाएको छ । उक्त रकममा बैंकको तर्फबाट १० लाख र कर्मचारीको तर्फबाट पाँच लाख समावेश गरी १५ लाखका दरले प्रत्येक प्रदेश सरकारलाई सहयोग गरेको जनाएको छ । 

बैंकले लकडाउनका बेला विभिन्न क्षेत्रमा दैनिक ज्याला गर्नेलाई देशका प्रादेशिक तथा स्थानीय सरकार लगायतसँगको सहकार्यमा ४५ लाख ६८ हजार बराबरको चामल, तेल, नुन, दाल लगायत खाद्य सामग्री यसअघि नै वितरण गरिसकेको छ ।

प्रकाशित: ५ वैशाख २०७७ ०४:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App