३ आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

प्रदेश सरकारको कोरोना उपचार कोषमा जिल्ला समन्वय समितिको सहयोग

खोटाङ– जिल्ला समन्वय समिति खोटाङका प्रमुख, उपप्रमुख एबं सदस्यले आफ्नो सेवा सुविधा वापतको रकम ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’मा जम्मा गरेका छन्। जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङ, उपप्रमुख गोमादेबी खत्री र अन्य सात सदस्यले आफ्नो सेवा सुविधा वापतको १ लाख ५ हजार रकम १ नम्बर प्रदेश सरकारको ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’मा जम्मा गरिदिएका हुन्।

जिसस प्रमुख चाम्लिङले चैत महिनाको १५ दिनको २२ हजार, उपप्रमुख खत्रीले १५ दिनको २२ हजार ५ सय तथा अन्य सात सदस्यले १२ दिनको ८÷८ हजारका दरले कोषमा रकम जम्मा गरिदिएका हुन्।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणकाक्रममा जुटेको प्रदेश सरकारको अभियानमा सघाउ पुर्‍याउने लक्ष्यका साथ सेवासुबिधा वापतको रकम जम्मा गरिदिएको जिल्ला समन्वय समितिका प्रमुख चाम्लिङले बताए। सेवा सुविधावापतको रकम प्रदेश नम्बर १ जनसुरक्षा कोषको नाममा राष्ट्रिय बाणिज्य बैंक शाखा कार्यालय बिराटनगरमा खोलिएको खातामा जम्मा गरिएको जिल्ला समन्वय समितिले जनाएको छ।

प्रकाशित: ६ वैशाख २०७७ ११:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App