७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

कोरोना संक्रमण रोकथामका लागि छ लाख बराबर सहयोग

स्वास्थ्य सामाग्री प्रदान गर्दै। तस्विरः योगेश रावल

टीकापुर - टीकापुर नगरपालिका–१ घर भई हाल काठमाण्डौं बस्दै आएका विकास रावलले कोरोना भाइरसको संक्रमण रोकथामका लागि करिव छ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री र नगद सहयोग गरेका छन्। 

उनले आज टीकापुर अस्पताललाई ४ लाख ९० हजार ६३४ रुपैयाँ बराबरको विभिन्न स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुका साथै १ लाख रुपैयाँ टीकापुर नगरपालिकाको आकस्मिक कोसमा जम्मा गरेका हुन्। 

गैरसरकारी संस्था कोइकाको नेपालका असिस्टेन्ट डाइरेक्टर रावलकी फुपु कौशिल्यादेवी रावलले स्वास्थ्य सामाग्री टीकापुर अस्पताल विकास समितिका अध्यक्ष दीपक रावल र एक लाख रुपैयाँको चेक टीकापुर नगरपालिकाका मेयर तपेन्द्रबहादुर रावललाई प्रदान गरेकी छन्। 

रावलले प्रदान गरेको स्वास्थ्य सामाग्रीमा पिपिइ सेट ५० थान, एन ९५ मास्क १०० थान, सर्जिकल मास्क २ हजार थान, सोडियम हाइपोक्लोराइड ६५ लिटर, ग्लोब ८ प्याकेट र स्यानिटाइजर १०० बोत्तल रहेको छ। 

तत्कालिन टीकापुर विकास समितिका पूर्वअध्यक्ष मीनबहादुर रावलका छोरा रावलले कोरोना भाइरसको संक्रमणबाट बच्न थोरै भएपनि राहत होस् भन्ने उद्देश्यले सहयोग गरेको बताए। ‘यो बेला सबैले हातेमालो गरेर अघि बढ्नु पर्छ’ नागरिककर्मीसँगको टेलिफोन संवादमा रावलले भने–‘कुनै एक संस्था र व्यक्तिको प्रयासले मात्रै विपत्तीसँग लड्न सकिदैन।’

अस्पताल विकास समितिका अध्यक्ष दीपक रावलले जताततै अभाव भैरहेका बेला रावलले उपलब्ध गराएको स्वास्थ्य सामाग्री स्वास्थ्यकर्मीका लागि निकै उपयोगी हुने बताए। 

सो अवसरमा मेयर रावलले नगरपालिकाको आकस्मिक कोसमा रकम जम्मा गरेर रावलले ठूलो सहयोग पुर्याएको बताए। उनले कोरोना संक्रमणको विपत्तीमा सहयोग गर्न सबैसँग आग्रह गरेका छन।

प्रकाशित: २९ चैत्र २०७६ १२:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App