२० आश्विन २०८१ आइतबार
image/svg+xml

कोरोना महामारीमा बैंकहरूले दिए १३ अर्ब ब्याज छुट

कोरोना महामारीमा बैंक, वित्तीय संस्थाले ऋणीलाई करिब १३ अर्ब रूपैयाँ बराबरको ब्याज छुट दिएका छन्। नेपाल राष्ट्र बैंकले कोरोना प्रभावित व्यवसायीलाई टाट पल्टिनबाट बचाउन दिएको निर्देशन अनुसार यस्तो छुट दिएका हुन्। नेपाल बैंकर्स एसोसिएसनका अनुसार कोरोना महामारीमा बैंकहरूले छुट दिएका कारण यो वर्ष बैंकहरूको आम्दानी केही घट्न पुग्यो।

नेकपा विवाद निरूपण प्रक्रिया अघि बढ्ने

निर्वाचन आायोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आधिकारिकता विवाद निरूपण गर्न छिट्टै प्रक्रिया अघि बढाउने भएको छ। गत पुस ५ गते प्रतिनिधिसभा विघटनको निर्णयसँगै राजनीतिक रूपमा विभाजित नेकपाभित्र केपी शर्मा ओली समूह र पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहबीच देखिएको आधिकारिकताको विवाद निरूपण गर्न आयोगले प्रक्रिया अघि बढाउने भएको हो।

सरकारको नेतृत्व लिने कांग्रेस संकेत

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले नयाँ सरकारको नेतृत्व लिन अग्रसर हुने संकेत गरेको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राजनीतिक रूपमा दुई समूहमा विभाजित भएको अवस्थामा कांग्रेस नयाँ सरकारको नेतृत्वका लागि सकारात्मक देखिएको हो ।

प्रधानमन्त्री ओली र विप्लवले आज एउटै मञ्चबाट सम्बोधन गर्दै

नेपाल सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ समूहबीच तीन बुँदे सहमति भएको छ। सहमतिको विस्तृत विवरणसहित आज (शुक्रबार) एक कार्यक्रम आयोजना गरी प्रधानमन्त्री केपी शर्मा ओली र विप्लव समूहका महासचिव विप्लवले सम्बोधन गर्ने भएका छन्। बिहीबार जारी प्रेस नोटमा उल्लेख भए अनुसार आज २ बजे प्रधानमन्त्री ओली र विप्लवले एउटै मञ्चमा सम्बोधन गर्ने कार्यक्रम रहेको हो।

ओलीका निर्णयलाई मान्यता नदिन आग्रह

नेकपा ओली समूहले ह्विप उल्लंघन गर्ने सांसदलाई कारबाही गर्ने रणनीति अघि सारेपछि दाहाल–नेपाल समूहले ओलीलाई पार्टीको साधारण सदस्यबाट हटाइएकाले उनले गरेका निर्णय लागु नगर्न भन्दै संसद् सचिवालयमा पत्र दर्ता गराएको छ।

ग्रिन सिग्नलमा अल्झन

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले नयाँ सरकार गठनका लागि सबै पक्षसँग सहकार्य गर्ने निर्णय बुधबार गरेसँगै नेपाली कांग्रेसले प्रधानमन्त्रीका लागि ग्रिन सिग्नल पाएको थियो। तर बिहीबार विकसित घटनाक्रमले कांग्रेस दाहाल–नेपाल समूहसँग सशंकित बनेको छ भने अर्कोतिर दाहाल–नेपाल समूह पनि कांग्रेससँग झस्किन पुगेको छ।

एक हजारले घट्यो सुन

स्थानीय बजारमा आज सुनको मूल्य तोलामा नै एक हजारले घटेको छ। तोलामा ८७ हजार ५ सय रुपैयाँमा बुधबार कारोवार भएको छापावाला सुन आजका लागि भने ८६ हजार ५ सय रुपैयाँ मूल्य निर्धारण भएको छ।

‘बी’ डिभिजन लिग: खुमलटारको सम्भावना जीवित

कप्तान सविन केसीले दुई गोल गर्दा खुमलटार युथ क्लबले राजधानीमा जारी सहिद स्मारक ‘बी’ डिभिजन लिगमा ब्वाइज युनियनलाई हराउँदै शीर्ष डिभिजनमा उक्लिने सम्भावनालाई जीवितै राखेको छ।

दुबईमा सय नेपालीले आठ महिनादेखि तलब पाएनन्

पारिश्रमिक नदिएको कम्पनीले कार्यरत अधिकांशको भिसा रद्द गर्दा २०–२५ हजार रूपैयाँसम्म जरिवाना तिर्नुपर्ने अवस्था आएको पीडितको भनाइ छ। ‘मेरो भिसाको अवधि सकिन पनि चार दिन जति बाँकी छ,’ उनले फोन सम्पर्कमा भने। आठ महिनादेखि पारिश्रमिक नपाउँदा साथीभाइसँग ऋण लिएर गुजारा चलाइरहेको बताए।

असहज अवस्थाबाट गुज्रिरहेको मुलुकलाई निकास दिन कांग्रेस तयार: सभापति देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले असहज अवस्थाबाट गुज्रिरहेको मुलुकलाई निकास दिन नेपाली कांग्रेस तयार रहेको बताएका छन् । रौतहटको गढीमाई नगरपालिका ६ धर्मपुर–सिंगारवन गाउँमा आयोजना गरिएको विष्णु महायज्ञको बुधबार उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री देउवाले अहिले देश असहज अवस्थामा पुगिसकेकाले आवश्यकताअनुसार नेपाली कांग्रेस निकास दिन तयार रहेको बताए ।

दाहाल–नेपाल केन्द्रीय कमिटी बैठकः नयाँ सरकार गठनमा खुला छलफल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले नयाँ सरकार गठनका लागि सबै पक्षसँग खुला सहकार्य गर्ने निर्णय गरेको छ । समूहको केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको विरोध गर्ने सबै दलसँग सहकार्य गर्न सकिने निर्णय गरेको स्थायी कमिटी सदस्य भीम रावलले बताए ।

कांग्रेसमा सत्ता जुहारी

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई समूहमा बाँडिएपछि नेपाली कांग्रेस आगामी दिनमा नयाँ सरकार गठनका लागि सत्ताको साँचो बन्ने देखिएको छ । दुई समूहमा बाँडिएको नेकपा कानुनी रूपमै विभाजित भएको अवस्थामा कांग्रेस नयाँ सरकार गठनका लागि मुख्य भूमिकामा पुग्नेछ । नेकपाभित्रको आन्तरिक विवाद कसरी अघि बढ्छ, स्पष्ट भइनसके पनि कांग्रेसभित्रको सत्ता राजनीतिले पार्टीका शीर्ष नेताहरू सरकारमा सहभागिताको पक्ष–विपक्षमा उभिएका छन् ।

पौडलेले कांग्रेस सरकारमा जानहुन्न भनेपछि देउवाले भने : चित्त बुझाउनुहोस् रामचन्द्रजी !

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको प्रस्ताव आए सरकारमा जाने संकेत गरेका छन्। बुधबार चितवनमा आयोजित सभामा सभापति देउवाले राजनीतिक परिस्थितिअनुसार सरकारमा जानुपर्ने अवस्था आए कांग्रेस पछि हट्न नहुने बताएका हुन्।

प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठक सुरु

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटीको बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको छ। बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा स्थायी कमिटी बैठक सकिएलगत्तै केन्द्रीय कमिटी बैठक सुरु भएको हो।

कांग्रेस प्रचण्ड-नेपाल समूहसँग मिलेर सरकारमा जानुपर्छ : शशांक कोइराला

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले नेकपा दाहाल–नेपाल समूहसँग मिलेर जानुपर्ने बताएका छन्। बुधबार चितवनमा पत्रकारसँग कुरा गर्दै कोइरालाले प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव कांग्रेस वा दाहाल–नेपाल समूहले दर्ता गर्ने जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्