coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

पौडलेले कांग्रेस सरकारमा जानहुन्न भनेपछि देउवाले भने : चित्त बुझाउनुहोस् रामचन्द्रजी !

फाइल तस्बिर: नागिरक

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको प्रस्ताव आए सरकारमा जाने संकेत गरेका छन्। बुधबार चितवनमा आयोजित सभामा सभापति देउवाले राजनीतिक परिस्थितिअनुसार सरकारमा जानुपर्ने अवस्था आए कांग्रेस पछि हट्न नहुने बताएका हुन्।

देउवाभन्दा अगाडि भाषण गरेका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसले सरकारमा नगएर प्रतिपक्षको भूमिकाबाट पछि हट्न नहुने बताएका थिए। सोही अभिव्यक्तिको खण्डन गर्दै देउवाले पौडेललाई ठूलो हृदय बनाउन आग्रह गरे।

‘म यो कुरा बोल्नै आएको होइन। अब रामचन्द्रजीले उठाएपछि बोल्नैपर्‍यो। चिन्ता नलिनुस् रामचन्द्रजी तपाईंले, अब अरु पार्टीभन्दा आफ्नै पार्टीबाट प्रधानमन्त्री बन्दा फाइदै हुन्छ होला जस्तो लाग्छ। तपाईं शेरबहादुर प्रधानमन्त्री हुनैहुन्न भन्ने चाहनुहुन्न होला जस्तो लाग्छ मलाई। तर, तपाईंको भनाईबाट त त्यस्तै बुझियो वास्तवमा, अरु होउन् शेरबहादुर हुनु हुँदैन भन्ने जस्तो देखियो। त्यस्तो कुरा छाड्नुस् चित्त बुझाउनुहोस् रामचन्द्रजी। ठूलो विशाल हृदय राख्नुस्,’ देउवाले भने, ‘राजनीतिमा कस्तो अवस्था आउँछ, प्रधानमन्त्रीका लागि मरिमेट्ने कुरा पनि छैन, काँधमा आएपछि भाग्ने कुरा पनि छैन।’

संसद् पुनःस्थापना भएपछि नेकपाका दुवै पक्ष (ओली समूह र प्रचण्ड–नेपाल समूह) कांग्रेसलाई विश्वासमा लिएर नयाँ सरकार बनाउने गृहकार्यमा जुटेका छन्।

प्रकाशित: १९ फाल्गुन २०७७ १२:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App