८ आश्विन २०८१ मंगलबार
image/svg+xml

बीस वर्षदेखि हराएका नारायण भारतमा भेटिए

परिवार र आफन्तले उनको मृत्यु भइसकेको अनुमान गरेपनि काज किरिया गर्न सकेका थिएनन्। भारतमा हराएको बीस वर्षपछि नारायण भेटिएपछि उनका परिवार र आफन्त अहिले चकित परेका छन्।

बाँकेमा काेराेनाकाे तेस्रो लहरबाट तीन लाख बढी मानिस प्राभवित हुने आंकलन

तेस्रो लहरको जोखिम, पोष्ट कोभिडको प्रभाव र व्यवस्थापन सम्बन्धमा अध्ययन गर्न गठित समितिले सार्वजनिक गरेको प्रतिवेदनअनुसार बाँकेमा तीन लाख ३३ हजार तीन सय ८७ जना कोरोना भाइरसबाट प्रभावित हुनसक्ने अनुमान गरिएको छ।

४३ थान मोबाईलसहित दुई भारतीय पक्राउ

उदयपुर र सप्तरीको सीमास्थल त्रियुगा नगरपालिका ६ लालपत्ता नाकामा चेकजाँच गर्ने क्रममा अवैध सामग्रीसहित भारतीय युवा पक्राउ परेका हुन्।

भारतसँग दुई मैत्रीपूर्ण फुटबल

अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफ्नै घरेलु भूमि दशरथ रंगशालामा आगामी सेप्टेम्बरमा भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्ने जनाएको हो। आगामी साफ च्याम्पियनसिप अक्टोबरमा हुने भनिए पनि मिति र आयोजक राष्ट्र तय भएका छैनन्। सोही प्रतियोगिताका लागि लक्षित गरेर आगामी सेप्टेम्बर २ र ५ मा दशरथ रंगशालामा दुई मैत्रीपूर्ण खेल हुन लागेका हुन्।

नेपाल–भारत मुख्य नाका जोड्ने मितेरी पुलको जीर्णोद्धार हुँदै

नेपाललाई भारतसँग स्थलमार्ग भएर जोड्ने मुख्य नाका वीरगन्ज र रक्सौलबीचमा रहेको मितेरी पुलको जीर्णोद्धार चाँडै हुने भएको छ।

यसरी हुन्छ 'नागरिकतामा झेल'

गृह मन्त्रालय मातहतबाट जारी हुने नागरिकको राष्ट्रिय पहिचान खुल्ने प्रमाण नागरिकताको हिसाबले मोरङको रंगेली भन्ने ठाउँको निवासी देखिने एकजना वीरगन्जका व्यवसायी पवन भँगेरिया अहिले एकाएक चर्चामा आएका छन्। उनी मोरङ रंगेलीको ठेगाना देखाएर वंशज नागरिकता लिएका छन् भने उनका आफ्नै दाजु कैलासप्रसाद भँगेरिया भारतीय नागरिक हुन्।

सीमा नाकामा नेपालीलाई भारतीय सुरक्षाकर्मीको फरक ब्यवहार

‘किनमेल र अन्य कामका लागि रुपैडिहा जाने प्रायः नेपाली नागरिकले भारतीय सुरक्षाकर्मीबाट दिनहुँ कुटाई खानु परेको छ। पीडितले नेपाली सुरक्षाकर्मीलाई घटनाबारे जानकारी गराएपनि एसएसबीको ज्यादती रोकिएको छैन।’

भारतीय एसएसबीका जवानले नेपालीमाथि सदाबहार ज्यादती

सीमावर्ती क्षेत्रमा बसोबास गर्ने सर्वसाधारण एसएसबीका जवानले जुनसकै बेला दुःख दिन सक्ने त्रासमा हुने गर्छन्।

महामारीमै भारत जानेहरु भन्छन्: ‘रोगभन्दा भोकको चिन्ता भयो’

कोरोना सङ्क्रमण बढ्दा दुई महिनाअघि मात्रै स्वदेश फर्किएका उपाध्यायको आर्थिक अवस्थाले पुनःभारत जाने बाध्यता आइलाग्यो। 'घरमा आयआर्जन केही छैन्', गड्डाचौकीबाट सीमावर्ती भारतीय बजार बनबासा जाँदै गरेका उपाध्यायले भने,'कोरोनाको डर मानी क्यार्नु, परानी कसरी पाल्नु घर बसी ?'

भारतमा १३२ दिनपछि थप कोरोना सङ्क्रमितको संख्या ३० हजार भन्दा कम

भारतमा पछिल्लो २४ घण्टामा थप २९ हजार ६८९ जनामा कोरोना सङ्क्रमण भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार जनाएको छ।

हराएका बालबालिकालाई भारतबाट उद्धार

बाँकेको कोहलपुरबाट छ महिनाअघि हराएका तीन बालबालिकालाई भारतको बरेलीबाट उद्धार गरिएको छ। कोहलपुर नगरपालिका– ४ का ती बालबालिकालाई भारतको बरेलीस्थित एक बालगृहबाट स्वदेश ल्याइएको हो।

भारतमा फेरि बढे संक्रमित

अघिल्ला केही दिनको तुलनामा यो सङ्ख्या धेरै भएकाले भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा फेरि बृद्धि भएको हो।

भारतीय समकक्षीसँग रौतहटका प्रजिअको बैठक सम्पन्न

रौतहटका प्रमुज जिल्ला अधिकारी इन्द्रदेव यादवले छिमेकी भारतीय जिल्ला सीतामढीको सदरमुकाम सीतामढी समाहरणनालयमा सुरक्षा सम्बद्ध द्विपक्षीय बैठक सम्पन्न गरेका छन्।

भारतमा थप ४१ हजार संक्रमित

भारतमा कोरोनाभाइरसबाट पछिल्लो एक दिनमा थप ४१ हजारभन्दा बढी सङ्क्रमित भएका छन्। सरकारी अधिकारीहरुले आइतबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ४१ हजार ५०६ जना सङ्क्रमित भएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्