१७ असार २०८१ सोमबार
image/svg+xml
समाज

नेपाल–भारत सीमा क्षेत्रमा भेटियाे युवाकाे शव

आइतबार बिहान विराटनगर महानगरपालिका–१६ स्थित दरैयामा एक युवा मृत फेला परेका छन्।  

नेपाल–भारत सीमा क्षेत्र नजिक नेपालतर्फ रहेको उखुबारीमा २५/३० वर्षीय युवक मृत अवस्थामा भेटिएको मोरङ प्रहरीले जनाएको छ। मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार ११ बजेतिर २५/३० वर्षीय युवकको शव भेटिएको हो।  

सीमा क्षेत्रदेखि करिब १ सय मिटर नेपालतर्फ मृत भेटिएका युवकले कालो पाइन्ट, सेतो सेन्डो लगाएका थिए। युवकको शरीरमा कुनै प्रकारका बाहिरी चोटपटक नदेखिएको र खाली खुट्टा तथा पाइन्टको गोजीमा नेपाली रुपैयाँ ३ सय २० र लाइटर भेटिएको डिएसपी श्रेष्ठले बताए।  

मृत अवस्थामा भेटिएका युवकको पहिचान खुल्न नसकेको र ती युवकको शवलाई पोष्टमार्टमका लागि कोसी अस्पताल लगी घटनाको अनुसन्धान थालेको प्रहरीले जनाएको छ।

प्रकाशित: १० श्रावण २०७८ ०८:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App