२० आश्विन २०८१ आइतबार
image/svg+xml

राष्ट्र बैंकले कस्यो लघुवित्त, सेवा शुल्क र ब्याजमा सीमा

निर्देशिकामा इजाजतपत्र प्राप्त संस्थाले आर्थिक वर्ष ०७६/७७ को खुद वितरणयोग्य मुनाफाको ३० प्रतिशतसम्म मात्र नगद लाभांश घोषणा तथा वितरण गर्न पाउने उल्लेख छ।

भारतलाई नेपालकाे जवाफ, ‘अतिक्रमित क्षेत्रमा आवातजावतमा रोक नलगाउनू’

नेपाली भूभागमा सडक निर्माण गरेको विषयमा पटकपटक कूटनीतिक नोट तथा समस्या समाधानका लागि वार्ताको प्रस्ताव राखे पनि भारतले त्यसको बेवास्ता गर्दै आइरहेको छ ।

कांग्रेसमा पनि किचलो

महाधिवेशन सम्पन्न भएको दुई महिनाभित्र पार्टीका सबै निकाय गठन गरिसक्नुपर्ने व्यवस्था रहेकोमा अब विभाग गठनको औचित्य नरहेको निष्कर्ष असन्तुष्ट पक्षले निकालेको छ।

निगमको उद्धार उडानबाट भारतमा रहेका नेपाली विद्यार्थीलाई स्वदेश ल्याइयो

भारतको बैंङ्लोर तथा आसपासका क्षेत्रमा पाँच महिनादेखि अलपत्र परेका नेपाली विद्यार्थीहरुलाई बुधबारसाँझ नेपाल वायुसेवाको उद्धार उडानबाट उद्धार गरी स्वदेश फिर्ता ल्याएको छ ।

‘पार्टीको कुनै पनि पद दाइजो जसरी बाँड्ने अधिकार सभापतिलाई छैन’

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेताहरूले पार्टीका विभाग विस्तारको काम रोक्न सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन्। पार्टी कार्यालयम भेला भएका पौडेल समूहका नेताहरूले विधान विपरित विभाग गठनको काम नगर्न आग्रह गरेका हुन् । पार्टीको १४ औं महाधिवेशनलाई प्रभावित पार्ने गरी भइरहेका विभाग गठनको काम रोक्न पौडेल पक्षका नेताहरूको आग्रह गरेका छ ।

सभापतिका कारण पार्टीको स्वास्थ्य ठिक भएन : नेता सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी अध्यक्ष शेरबहादुर देउवाका कारण पार्टीको स्वास्थ्य ठिक नभएको टिप्पणी गरेका छ। तेह्रौं महाधिवेशनबाट पार्टीको नेतृत्व सम्हालेका नेताले नै विधानले तोकेको काम, कर्तव्य र अधिकार अनुरुप काम नगर्दा पार्टीको स्वास्थ्य विग्रेको नेता सिंहले बताए।

नेपाल भाषामा स्थानीय पाठ्यक्रम अनिवार्य

काठमाडौंको रहनसहन, जनजीवन, संस्कृति र सम्पदालाई स्थानीय भाषामै शिक्षा दिँदा मौलिकता कायम हुने भएकाले नेपाल भाषा शिक्षणको माध्यम बनाइएको हो।

पच्चीस प्लसको कूटनीतिक सुझाव

नेपाल र भारतबीचको सम्बन्धका विषयमा पच्चीस प्लस समूह (पूर्वप्रशासकहरूको समूह)ले कूटनीतिक पहलका लागि सुझाव दिएका छन्। नेपाल एउटा स्वतन्त्र राष्ट्र भएकाले भारतले गरेको व्यवहारका आधारमा कूटनीतिक पहल चाल्न समूहले सुझाव दिएका हुन्।

दार्चुलाका प्रजिअ भन्छन्– आफ्नो भूभागमा हिँड्दा कसैलाई सोध्नुपर्दैन

नेपाल र तत्कालीन ब्रिटिस इन्डियाबीच सन् १८१६ मा भएको सुगौली सन्धिपछि नेपालको पश्चिम सीमा काली नदीको शिर लिम्पियाधुरा तय भएको थियो। तर पछि भारतले लिपुलेकबाट निस्किएको खोलालाई काली नदी भन्दै हजारौं हेक्टर नेपाली भूभागमा अतिक्रमण गरेको छ।

रोकिएका पर्यटक भन्छन्: ‘घर फर्किन डर भो, नेपालमै बस्न पाउँ’

उरुग्वेका मार्टिन ओलास्कोआगा गत मार्चदेखि पोखरामा छन् । खासमा उनी पोखरा घुमघाम सहित विभिन्न क्षेत्रको पदयात्राका लागि आएका थिए । तर, कोरोना भाईरस संक्रमणका कारण गरिएको लकडाउनको मारमा उनी परे । लकडाउनले पोखरामै रोकिएका उनको पदयात्रा पुरा हुन सकेन ।

कालापानी-लिम्पियाधुरामा नेपालीको प्रवेश रोक्न भन्दै भारतले पठायो पत्र

भारतले गुन्जी, कालापानी र लिम्पियाधुरा क्षेत्रमा नेपालीहरुको अवैध प्रवेश रोक्न आग्रह गरेको छ। जिल्ला प्रशासन कार्यालय दार्चुला एक पत्र पठाउँदै धारचुला जिल्ला प्रशासनले यस्तो आग्रह गरेको हो।

यी अवरोध दीर्घकालीन

प्रकृतिको स्वभाव, प्रकृति बदलेर मान्छेले प्रकृतिलाई आफ्नो सुविधाअनुकूल रूपान्तरण गर्न प्रयास गर्ने काम सबै सरल र सहज त किन र कसरी हुन्थ्यो र ?

भारतको विमानस्थलमा नेपाली विद्यार्थी अलपत्र

सरकारका विभिन्न निकायबीच समन्वय हुन नसक्दा भारतको बैंग्लोर एयरपोर्ट पुगेका नेपाली विद्यार्थी अलपत्र परेका छन्। भारतका विभिन्न ठाउँमा अध्ययनरत नेपाली विद्यार्थीलाई सरकारले नेपाल वायुसेवाको उद्धार उडानबाट साउन १२ गते अर्थात् जुलाई २७ को उडानबाट बैंगलौरबाट काठमाडौं फर्काउने भनेको थियो।

प्रहरीमा संक्रमण बढ्दै

आइतबार मात्रै २३ प्रहरी संक्रमित भएका छन्। प्रहरी प्रधान कार्यालयमा कार्यरत ४ जना र प्रदेश १ प्रहरी कार्यालयका १९ जना संक्रमित भएका हुन्। योसँगै संक्रमित हुने प्रहरीको संख्या १ सय १९ पुगेको छ। संक्रमितमध्ये ९५ जना निको भइसकेको र १९ जना आइसोलेसनमा छन्।

प्रहरी मुख्यालयमा कार्यरत ४ जनामा कोरोना, सवारी शाखा सिल

नेपाल प्रहरीको मुख्यालयमा नक्सालमा कार्यरत ४ जना प्रहरीमा कोरोना देखिएको छ। मुख्यालयको सवारी शाखामा कार्यरत ४ प्रहरीमा कोरोना देखिएपछि उक्त शाखालाई सिल गरिएको छ। शाखालाई तत्कालको लागि अर्को स्थानामा सारिएको छ। संक्रमण हुनेमा हवल्दार र जवान रहेको प्रहरी स्रोतले जनायो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्