८ वैशाख २०८१ शनिबार
राजनीति

‘पार्टीको कुनै पनि पद दाइजो जसरी बाँड्ने अधिकार सभापतिलाई छैन’

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेताहरूले पार्टीका विभाग विस्तारको काम रोक्न सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन्। पार्टी कार्यालयम भेला भएका पौडेल समूहका नेताहरूले विधान विपरित विभाग गठनको काम नगर्न आग्रह गरेका हुन् । पार्टीको १४ औं महाधिवेशनलाई प्रभावित पार्ने गरी भइरहेका विभाग गठनको काम रोक्न पौडेल पक्षका नेताहरूको आग्रह गरेका छ ।  

कांग्रेस महामन्त्री शशांक कोइरालाले आचारसंहिता लागु भइसकेको अवस्थामा विभाग गठनको काम अघि बढाउनु विधान विपरित भएको बताए । महाधिवेशनलाई प्रभावित पार्ने गरी भइरहेका निर्णय विरुद्ध अझ सशक्त भएर अगाडी बढ्न आज बैठक बोलाइएको उनले बताए । आगामी महाधिवेशनमा आफु सभापतिको दावेदार भएको उल्लेख गर्दै कोइरालाले नयाँ मान्छेलाई पार्टी प्रवेश गराउने र पुराना नेताहरूलाई पार्टीबाट निकाल्ने काम भइरहेको भन्दै असन्तुष्टि समेत जनाएका छन् ।  महाधिवेशन भएको ४ वर्षम्म विभाग गठन गर्न तयार नभएका सभापति देउवालाई महाधिवेशनको मुखमा किन हतारो भयो भन्दै उनले प्रश्न समेत गरे ।

केन्द्रीय सदस्य चन्द्र भण्डारीले विधान अनुसार महाधिवेशन भएको ६ महिनाभित्र विभाग गठन गरिसक्नु पर्ने भएपनि विधान विपरित अहिले गठन भइरहेको कुराको विरोध स्वरुप भेला आयोजना गरिएको बताए । यसअघि नै अहिले गठन भएका विभागहरुले वैधानिकता पाउँदैनन भनेर सभापति देउवालाई पत्र पठाइएको उल्लेख गर्दै उनले पार्टीको कुनै पनि पद दाइजो जसरी बाँडेर हिड्ने अधिकार सभापतिलाई नभएको बताए । कसलाई के पद दिने भन्ने अधिकार केन्द्रीय समितिलाई मात्रै भएको उनको भनाई छ ।

पार्टीको महाधिवेशन कार्यतालिका तय भइसकेको अवस्थामा विभाग गठन लगायतका काम निर्वाचन आचारसंहिता विपरीत भएको भन्दै पौडेल समूहले विरोध जनाउँदै आएको छ ।

प्रकाशित: १४ श्रावण २०७७ १५:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App