७ वैशाख २०८१ शुक्रबार
राजनीति

पच्चीस प्लसको कूटनीतिक सुझाव

नेपाल र भारतबीचको सम्बन्धका विषयमा पच्चीस प्लस समूह (पूर्वप्रशासकहरूको समूह)ले कूटनीतिक पहलका लागि सुझाव दिएका छन्। नेपाल एउटा स्वतन्त्र राष्ट्र भएकाले भारतले गरेको व्यवहारका आधारमा कूटनीतिक पहल चाल्न समूहले सुझाव दिएका हुन्।  

भारतसँग राजनीतिक, कूटनीतिक,दूरदर्शिता, रणनीतिक गतिशीलतालाई दृढतापूर्वक निरन्तरअघि बढाउन समूहले सुझाएको छ। भारतले नेपालविरुद्ध गरेका क्रियाकलापमाकूटनीतिक प्रतिक्रिया दिनुपर्ने समूहको धारणा छ।  

छिमेकी देश चीनसँग नेपालको सम्बन्ध विकास निर्माणसँग जोडिएको र भारतसँग राजनीतिसहितको सम्बन्ध भएकाले त्यसैअनुसारको पहल थाल्नुपर्ने समूहका संयोजक उपेन्द्र गौतमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।  

चीनसँगको सम्बन्धलाई पारवहन र सञ्चार सञ्जालबाट दिगो–रूपमा जोडिने एतिहासिक अवसर नेपालसँग भएको बताएको छ।प्राचीनकालदेखि विश्वका थोरै स्वतन्त्र राष्ट्रमध्येको एउटा राष्ट्र नेपालले आफ्नो स्वतन्त्र विकास खोज्नु नै उत्तम भएको सुझाएको छ। ‘नेपालविरुद्ध भारतले गरेका कामलाईसम्बन्धित तह र स्वरूपको राजनीतिक, कूटनीतिक, बौद्धिक, सञ्चारगत, प्रतिरक्षात्मक, नागरिकका माध्यमबाट यथोचित आलोचना र सह्राना गर्नुपर्छ,’ समूहले भनेको छ।  

छिमेकीको चालबारे नेपालले स्पष्ट भनाइ राख्न समूहको आग्रह छ। ‘छिमेकी भातसँगबीचको सम्बन्ध अत्यधिक मनोगत राजनीतिमा भरपर्छ। त्यसैगरी चीनसँग नेपालको प्राथमिकतासघन पारवहन पूर्वधार क्षमता विकासबाट निर्देशित छ,’ विज्ञप्तिमा भनिएको छ।

भारतसँगको मनोगत राजनीतिक सम्बन्धलाई वस्तुगत, सहअस्तित्वपूर्ण बनाउन आग्रह गरेको छ। ‘युद्धमाजस्तो भारत चीनसँग आमुन्नेसामुन्ने भएपनि राष्ट्रपति सी र प्रधानमन्त्री मोदीबीच कुनै अमर्यादित, ठाडो भनाभन नभएसम्म उच्चस्तरीय संवादको बाटो खुला राखिएको प्रष्टै छ,’ समूहका संयोजक गौतमद्वारा विज्ञप्तिमा भनिएको छ।

प्रकाशित: १३ श्रावण २०७७ ०२:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App