भारतीय दुई उच्च अधिकारीको भ्रमण
कसैको सेनामा हाम्रा नागरिक भर्ना हुन पठाउनु हाम्रा लागि सम्मानजनक कुरा हैन। यसको आवश्यकता छैन। यो अन्त्य भएपछि बल्ल भारतीय सेनाध्यक्षसितको सेरोमोनियल सम्मान दिने कुरा वास्तविक सम्मानयोग्य हुनेछ।
कसैको सेनामा हाम्रा नागरिक भर्ना हुन पठाउनु हाम्रा लागि सम्मानजनक कुरा हैन। यसको आवश्यकता छैन। यो अन्त्य भएपछि बल्ल भारतीय सेनाध्यक्षसितको सेरोमोनियल सम्मान दिने कुरा वास्तविक सम्मानयोग्य हुनेछ।
सन् २०१४ यता नेपाल–भारत सम्बन्ध उच्चस्तरीय राजनीतिक तहमा स्थापित भएको विश्वास गरिएका बेला औपचारिक रूपमै भारतीय गुप्तचर प्रमुखले प्रधानमन्त्री ओलीसँग भेटे गरेपछि फेरि कर्मचारीतन्त्र हावी हुने आशंका उत्पन्न भएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल–भारत सम्बन्ध थप सुदृढ बनाउन चाहेको बताएका छन् ।
सीमा विवादलाई लिएर दुई देशबीच संवादहीनताको अवस्था देखापरेका बेला प्रधानमन्त्री तहमा भएको टेलिफोन वार्ताले गतिरोध अन्त्य हुने विश्वास गरिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन संवाद भएको छ। भारतीय स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री ओली र समकक्षी मोदीबीच टेलिफोन संवाद भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।
नदीसम्बन्धी संयुक्त राष्ट्रसंघीय कानुनको धारा ७ मा अन्तर्राष्ट्रिय नदी आफ्नो सीमावर्ती क्षेत्रमा प्रयोग गर्ने मुलुकले अर्काे मुलुकलाई हानिनोक्सानी नपुग्ने गरी सावधानी अपनाउनुपर्ने भनी उल्लेख गरिएको छ । तर, भारतले भने यसको बेवास्ता गर्दै सीमा क्षेत्रमा बाँध, तटबन्ध तथा सडक निर्माण गर्ने गरेको छ ।
नेपालले आफ्नो स्वाधीनता र सार्वभौमिकताको रक्षा गर्न सतही गफ भन्दा गहन विषयमा प्राज्ञिक तथा बौद्धिक वृत्तमा गहिरो अध्ययन, बहस र विश्लेषण गर्नु आवश्यक छ।
बुद्धका सम्बन्धमा भारतीय विदेशमन्त्री एस जयशंकरको अभिव्यक्तिको नेपालमा चर्को विरोध भएपछि त्यहाँको विदेश मन्त्रालयले त्यसको खण्डन गरेको छ। मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले आइतबार मन्त्रालयको आधिकारिक धारणा सार्वजनिक गर्दै बुद्ध लुम्बिनीमा जन्मिएको कुरामा कुनै आशंका नरहेको र लुम्बिनी नेपालमा पर्ने स्पष्ट पारेका छन्।
नेपाली भूभागमा सडक निर्माण गरेको विषयमा पटकपटक कूटनीतिक नोट तथा समस्या समाधानका लागि वार्ताको प्रस्ताव राखे पनि भारतले त्यसको बेवास्ता गर्दै आइरहेको छ ।
नेपाल र भारतबीचको सम्बन्धका विषयमा पच्चीस प्लस समूह (पूर्वप्रशासकहरूको समूह)ले कूटनीतिक पहलका लागि सुझाव दिएका छन्। नेपाल एउटा स्वतन्त्र राष्ट्र भएकाले भारतले गरेको व्यवहारका आधारमा कूटनीतिक पहल चाल्न समूहले सुझाव दिएका हुन्।
नेपाल र तत्कालीन ब्रिटिस इन्डियाबीच सन् १८१६ मा भएको सुगौली सन्धिपछि नेपालको पश्चिम सीमा काली नदीको शिर लिम्पियाधुरा तय भएको थियो। तर पछि भारतले लिपुलेकबाट निस्किएको खोलालाई काली नदी भन्दै हजारौं हेक्टर नेपाली भूभागमा अतिक्रमण गरेको छ।
भारतले गुन्जी, कालापानी र लिम्पियाधुरा क्षेत्रमा नेपालीहरुको अवैध प्रवेश रोक्न आग्रह गरेको छ। जिल्ला प्रशासन कार्यालय दार्चुला एक पत्र पठाउँदै धारचुला जिल्ला प्रशासनले यस्तो आग्रह गरेको हो।
प्रकृतिको स्वभाव, प्रकृति बदलेर मान्छेले प्रकृतिलाई आफ्नो सुविधाअनुकूल रूपान्तरण गर्न प्रयास गर्ने काम सबै सरल र सहज त किन र कसरी हुन्थ्यो र ?
स्पष्ट रणनीति, दृढता र प्रमाणहरूका आधारमा भारतसँग वार्ताको तयारी गर्ने र वार्ताका लागि ऊ तयार भएन भने अन्तर्राष्ट्रिय मध्यस्थ राष्ट्रहरूको सहयोग र दबाबमा फेरि पनि वार्ताका लागि भारतलाई बाध्य पार्नुपर्ने एकमात्रै विकल्प छ।
नेपालका भारतीय मित्रहरू नेपाल–भारत सम्बन्ध बिग्रिएको भन्दा पनि विद्यमान भारत सरकारले बिगारेको वस्तुगत अवस्था सार्वजनिक गरेर अविलम्ब वार्ता गर्नु बुद्धिमानी हुने सुझाव दिइरहेका छन्।