११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

वडाध्यक्षमाथि सांघातिक आक्रमण

नदीजन्य पदार्थ बालुवाको अवैध उत्खनन रोक्न खोज्दा उनलाई स्थानीय भोला यादवलगायतको समूहले आक्रमण गरेको बाँके प्रहरीले जनाएको छ।

सरकारले बालुवाटारको जग्गा सांसदलाई दियो: देउवा

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सार्वजनिक र गुठी जग्गा सांसद्हरुलाई दिने काम गरेको आरोप लगाएका छन्।

सार्वजनिक जग्गामा अवैध बालुवा खानी

शंखरापुर नगरपालिकाको ऐतिहासिक ठाउँ मानिने साँखुमा व्यवसायीले सार्वजनिक जग्गा अतिक्रमण गरेर अनधिकृत रूपले बालुवा उत्खनन् गरेको पाइएको छ।

रोकिएन गिट्टी बालुवाको अवैध उत्खनन्

जिल्ला समन्वय समितिले नदी तथा खानी जन्य पदार्थको उत्खननमा रोक लगाएपनि अझै रोकिएको छैन्। जेठ महिनाको पहिलो साता गिटी, बालुवा र ढुंगा जथाभावी संकलन र निकासी हुन थालेपछि जुम्लाको तिला, हिमा र जवा नदीमा उत्खननमा रोक लगाएको थियो।

बालुवा–गिट्टीले ल्याउन सक्छ समृद्धि

विश्वमा प्राकृतिक स्रोतको वितरण मात्रात्मक तथा गुणात्मक हिसावले असमान रहेकाले विकास र समृद्धिका मोडेल पनि सबै देशमा एउटै हुँदैनन्।

अतिक्रमित सरकारी जग्गामा कर्मचारीको संलग्नताबारे छानबिन सुरु

ललिता निवासलगायत सरकारी जग्गामा अनियमितताको समाचार बाहिर आएपछि बालुवाटार तथा त्यस वरपर क्षेत्रका करीब ४८५ कित्ता जग्गा रोक्का गरेको मन्त्रालयले त्यसमा संलग्न कर्मचारी, भूमाफियालगायत अन्य पक्षको अनुसन्धान गर्न लागेको हो।

विष्णु पौडलसँगै देउवामाथि पनि छानबिन हुने

सरकारले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा संलग्न जोकोही भए पनि कारवाही हुने स्पष्ट पारेको छ। बिहीबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले बालुवाटार जग्गा खरिद प्रकरणमा तथ्य र प्रमाणबाट दोषी जोकोहीलाई पनि कारवाही गरिने स्पष्ट पारेका हुन्।

प्रधानमन्त्री निवास विस्तार गर्ने निर्णय मेरो हो, म नै जिम्मा लिन्छु : पूर्वप्रधानमन्त्री नेपाल

प्रकरणले ठूलै रुप लिएपछि उनले प्रधानमन्त्री कार्यालय विस्तार गर्ने निर्णय आफ्नो भएको भन्दै यसको जिम्मा आफूले लिने बताए। यस प्रकरणमा वरिष्ठ नेता नेपाल पनि मुछिएको भन्दै पछिल्लो समय उनीमाथि पनि अनुसन्धान हुनुपर्ने माग उठ्दै आएको थियो।

‘बालुवाटार जग्गाको गम्भीरतापूर्वक छानविन होस्, दोषी ठहरिए दण्ड भोग्न तयार छु’

नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणको गम्भीरतापूर्वक छानविन गर्न माग गरेका छन्। सोमवारदेखि सुरु भएको संघीय संसदको चौथो अधिवेशनलाई सम्बोधन गर्दै भट्टराईले ललितानिवास जग्गा कब्जा प्रकरणमा आफ्नो नाम पनि मुछिएको स्मरण गर्दै गम्भीरतापूर्वक छानविन हुनुपर्ने माग राखेका हुन्। नियतवश संलग्नता रहेकालाई दण्ड दिनुपर्ने भन्दै दोषी ठहरिए आफू दण्ड भोग्न तयार रहेको उनको भनाई छ।

मन्त्री अर्यालको दाबी– विष्णु पौडेलको छोराले बालुवाटारमा किनेको जग्गा वैधानिक

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्याल नेकपा महासचिव विष्णु पौडेलको बचाऊमा उभिएका छिन्। महासचिव पौडेलको छोराको नाममा बालुवाटारमा रहेको सर्वजनिक जग्गा वैधानिक भएको मन्त्री अर्यालको दाबी छ।

बालुवाटारमा ‘बर्थडे केक’ काटेर मन्त्रिपरिषद बैठकको सुरुवात

मन्त्रिपरिषदको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको जन्मदिनको अवसरमा केक काटेर प्रधानमन्त्री केपी शर्मा ओलीले क्याविनेट बैठक शुभारम्भ गरेका हुन्।

मापदण्ड विपरित भेरीमा मन्त्रीको क्रसर उद्योग

विस २०७१ मा भेरी नदीमा आएको बाढीले बराहताल–२ स्थित थापाडेरामा ठूलो क्षति पुर्‍यायो। ५० भन्दाबढी स्थानीयको घर–खेत पुर्‍यो। १० जनाले ज्यान गुमाए। खेतीयोग्य जमिन बगरमा परिणत भयो। भेरीको भेलले विस्थापित भएकाहरु कर्णाली राजमार्ग छेउको गिरीघाटमा कष्टकर जीवन विताइरहेका छन्। विस्थापितहरुको थातथलोमा भने बालुवा र ढुंगा तस्कारहरुले ‘राज’ गरिरहेका छन्।

तामाकोसीमा फेरि नदीभित्रै डोजर

दोलखास्थित तामाकोसी नदीमा गिट्टी बालुवा उत्खनन गर्नेहरुले फेरि नदीभित्रै डोजर हालेका छन्। नदीभित्रै डोजर लगाएर जथाभावी खनिएका कारण बिच भागमा ठूल्ठूला खाल्डा देखिएर नदी नै बिरुप पारिएको छ भने कतिपय स्थानमा नदीले धार नै बदलिएको छ। जिल्लाको सिंगटीदेखि नागदहका साथै तामाकोसीदेखि ढोलीखोलासम्मका विभिन्न स्थानमा सञ्चालित क्रसर तथा बालुवा उद्योगले नदीभित्रै डोजर लगाएर गिट्टी बालुवा निकालेका कारण नदीले धार परिवर्तन गर्दै लगेको स्थानीयले बताएका छन्। धार बदल्दा दायाँ बायाँ कमजोर भूभाग भएको कतिपय स्थानमा जमिन नदीले तान्ने जोखिम बढेको छ।

मन्त्रिपरिषद् पुनर्गठनको तयारी : अध्यक्ष दाहाल

नेकपाका अध्यक्ष पुष्पकमल दाहालले मन्त्रिपरिषद् पुनर्गठनको तयारी भइरहेको बताएका छन्। मंगलबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै दाहालले मन्त्रिपरिषद् पुनर्गठनका विषयमा मंगलबार बालुवाटारमा प्रधानमन्त्रीले आफूसँग छलफल गरेको जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्