११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

नदी उत्खनन् गर्दा बस्ती जोखिममा

कर्णाली नदी फर्काएर ढुंगा बालुवा उत्खनन् गर्दा टीकापुर–८ स्थित श्रीलंका बस्ती र हुलाकी राजमार्गमा पर्ने पुल जोखिममा परेको छ। अनियन्त्रित तरिकाले ढुंगा, बालुवा उत्खनन् गर्दा कर्णालीको छेउमा ६०० बिघा क्षेत्रफलमा रहेको सो बस्ती र सँगै रहेको पुल जोखिममा परेको हो।

विवादित बालुवा खानी पुनः सञ्चालनमा ल्याइँदै कृष्ण किसी

भक्तपुरमा बन्द गरिएका बालुवा खानी पुनः खुल्ने भएका छन्। तत्कालिन जिल्ला विकास समिति र खानी तथा भूगर्भ विभागमा दर्ता भई बन्द भएका जिल्लाका खानी पुनः खुल्ने भएका हुन्।

प्रधानमन्त्रीले जन्मदिनमा रोपे आँपको बिरुवा

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ६८औँ जन्मोत्सवको अवसरमा आँपको बिरुवा रोपेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार विहान स्थानीय नसर्रीबाट ल्याइएको आँपको बिरुवा रोपेको सचिवालयले बताएको छ।

नेकपा सचिवालय बैठक चल्दै

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक बालुवाटारमा बसिरहेको छ। बैठकमा पार्टी एकीकरणका सम्पूर्ण काम सक्ने विषयमा छलफल चलिरहेको पार्टी कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए।

पाँच वडामा १८ वटा क्रसर र बालुवा उद्योग

सिन्धुलीको सुनकोसी गाउँपालिकामा बालुवा उद्योगको नाममा जथाभावी उत्खनन् भइरहेको छ। सुनकोसी गाउँपालिकाको पाँच वडामा १८ वटा बालुवा तथा क्रसर उद्योग दर्ता भइ अत्याधिक दोहन भइरहेको हो।

रोकिएन सुनकोसी दोहन

व्यवसायीले सुनकोसी नदीबाट जथाभाबी बालुवा र ढुंगा उत्खननलाई तीव्रता दिएका छन्। जथाभाबी सुनकोसी नदी दोहनका कारण एसियाकै पर्यटकीय राजमार्गका रूपमा चिनिएको बिपी राजमार्ग जोखिममा परेको छ। यही राजमार्गको किनार भएर सुनकोसी बग्छ। सुनकोसीमा सिन्धुली र रामेछापका व्यवसायीले मनपरी ढंगले डोजर चलाएर बालुवा र ढुंगा निकालिररहेका छन्।

वातावरणको बेवास्ता गरी बालुवा झिक्न नपाइने

खोटाङ जिल्ला समन्वय समितिले वातावरणीय प्रभाव मूल्यांकन (इआइए) नगरी नदी तथा खोलाबाट ढुंगा, गिटी, बालुवालगायत निर्माण सामग्री उत्खनन गर्न रोक लगाउने भएको छ। स्थानीय नदी तथा खोलामा जथाभाबी उत्खनन हुन थालेपछि निकाल्ने काम भइरहेको भन्दै जिल्ला समन्वय समितिका संयोजक बबी चाम्लिङको संयोजकत्वमा बनेको अनुगमन समन्वय समितिले इआइए नगरी स्थानीय नदी तथा खोलाबाट निर्माण सामग्री निकाल्न रोक लगाएको हो।

संविधान संशोधनको पहल थाल्न संघीय समाजवादी फोरमको आग्रह

संघीय समाजवादी फोरमले जारी संसदको अधिवेशनमै संविधान संसोधनको प्रस्ताव ल्याउन माग गरेको छ। सत्तासाझेदार फोरमले आज प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका शिर्ष  नेताहरुलाई भेटेर यस्तो माग गरेको हो।

प्रधानमन्त्री निवास अगाडि प्रदर्शन गर्ने अधिकारकर्मी पक्राउ

प्रधानमन्त्री निवास अगाडि प्रदर्शन गर्न खोजेको भन्दै अधिकारकर्मीलाई प्रहरीले पक्राउ गरेको छ। विश्व मानवअधिकार दिवसको अवसरमा प्रधानमन्त्री निवास बालुवाटार अगाडि धर्ना दिन खोजेका अधिकारकर्मी कृष्ण पहाडी लगायतलाई प्रहरीले पक्राउ गरेको हो।

बुढीखोलामा मनोमानी दोहन

मोरङको बुढीगंगा गाउँपालिकाले खोलाको गिटी बालुवा संकलनको ठेक्का लगाउन टेन्डर आह्वान गरेको छ। टेन्डर प्रस्ताव हाल्न अझै केही दिन बाँकी नै छ। तर, स्थानीय जनप्रतिनिधिकै संलग्नतामा बुढीखोलामा गिटी बालुवा उत्खनन भइरहेको छ।

‘खोला खोतल्न आफन्तलाई लाइसेन्स’

स्थानीय तहको निर्वाचन हुनुअघिसम्म सुनकोसी गाउँपालिकाका विभिन्न वडामा आधादजर्नमात्रै बालुवा प्रशोधन र क्रसर उद्योग थिए। तर जनप्रतिनिधि निर्वाचित भएपछि ती उद्योग बढेर डेढ दर्जनभन्दा बढी पुगेका छन्।

बालुवा प्रशोधनका नाममा नदी दोहन

लमही नगरपालिका–९, अमिलियास्थित जयवागेश्वरी बालुवा प्रशोधन केन्द्र राप्ती नदीको छेवैमा छ। बालुवा खरिद तथा प्रशोधन गरेर बिक्री गर्ने अनुमति यो केन्द्रलाई छ। तर यो केन्द्र बालुवा प्रशोधनमा मात्रै सीमित छैन।

धमाधम क्रसर खोल्दै जनप्रतिनिधि

जनप्रतिनिधि निर्वाचित हुँनु अगाडि यहाँको सुनकोसी गाउँपालिकाका विभिन्न वडामा आधादजर्न मात्रै बालुवा प्रशोधन उद्योग थिए। तर जनप्रतिनिधि निर्वाचिन भएको एक वर्ष नबित्तै आधादर्जनबाट डेढ दर्जन बढी क्रसर तथा बालुवा उद्योग खुलेका छन्।

बालुवाटारबाटै प्रशासनिक कार्य

नेकपाका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएको नौ महिनापछि कार्यप्रगतिको समीक्षा गर्न बैठक बस्न लागेको छ।

ढुङ्गा, बालुवा र गिटीको उत्खनन नियमन गर्न समिति

सरकारले ढुङ्गा, बालुवा र गिट्टीको उत्खनन र बिक्री प्रक्रियाको नियमन गर्न अनुगमन तथा समन्वय समिति गठन गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्