३० वैशाख २०८१ आइतबार
image/svg+xml

सन्तोषी ब्रान्ड एम्बासडर

१३औं दक्षिण एसियाली खेलकुदकी स्वर्णविजेता धाविका सन्तोषी श्रेष्ठ प्रथम बुढानीलकण्ठ नगर सिल्ड खेलकुद महोत्सवको ब्रान्ड एम्बासडरमा नियुक्त भएकी छन्।

एरिका नगदसहित सम्मानित

युएसए ओपन खेल्न अमेरिका पुगेकी १९औं एसियाली खेलकुदकी रजत पदक विजेता कराते खेलाडी एरिका गुरुङ सम्मानित भएकी छिन्।

दाजुभाइ भूपेन्द्र र चन्द्र सेमिफाइनलमा

थापा दाजुभाइ भूपेन्द्र र चन्द्रबहादुर छैटौं वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा जित निकाल्दै बुधबार सेमिफाइनलमा पुगेका छन्।

सागरको नयाँ राष्ट्रिय कीर्तिमान

नेपाली भारोत्तोलक सागर भण्डारीले शनिबार एसियाली सिनियर भारोत्तोलन च्याम्पियनसिपमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन्।

काजल अन्तर्राष्ट्रिय रेफ्री बनिन्

तेक्वान्दो खेलाडी काजल श्रेष्ठ अन्तर्राष्ट्रिय रेफ्री बनेकी छिन्।अन्तराष्ट्रिय तेक्वान्दोले लिएको परिक्षामा उतिर्ण हुँदै काजल अन्तर्राष्ट्रिय रेफ्री बनेको काठमाडौं जिल्ला तेक्वान्दो संघका सचिव गौरव रजकले जनाएका छन्।

गल्फ क्लब संरक्षण गर्न मन्त्रीलाई आग्रह

रोयल नेपाल गल्फ क्लब (आरएनजिसी) ले नेपालकै पुरानो गल्फ क्लबका रूपमा रहेको आफ्नो संस्था संरक्षणका लागि सहयोग गर्न युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुलाई आग्रह गरेको छ।

एरिकालाई दुई लाखसहित सम्मान

एसियाली खेलकुदमा नेपालका लागि ऐतिहासिक रजत पदक विजेता करातेकी एरिका गुरुङ नगद दुई लाख रूपैयाँसहित सम्मानित भएकी छन् ।

देशका हरेक खेलाडी एसियाडका लागि योग्य : एरिका

१९औं एसियाली खेलकुदमा ऐतिहासिक रजत पदक दिलाउँदै स्वदेश फर्किएकी करातेकी एरिका गुरुङले देशका हरेक खेलाडीले ‘डिजर्भ’ गर्ने सफलता नै आफूले प्राप्त गरेका बताएकी छन् ।

सकियो एसियाली खेलकुदको १९औं संस्करण

४५ राष्ट्रकै झन्डा र खेलाडीहरू मार्च पास्टमा सहभागी भए। नेपालको तर्पmबाट रजत पदक विजेता एरिका गुरुङले नेपालको झन्डा बोकेकी थिइन्।

२५ वर्षपछि एसियाडमा नेपाललाई पदक

२५ वर्षपछि एसियाली खेलकुदमा नेपाललाई ऐतिहासिक रजत पदक दिलाएकी करातेकी खेलाडी एरिका गुरुङले सो पदक देशलाई समर्पित गरेकी छन् ।

१९औं एसियाली खेलकुद :कानोइङमा नेपालका गणेश फाइनल चरणमा

नेपाली खेलाडी गणेश गुरुङ १९औं एसियाली खेलकुद अन्तर्गत कानोइङ स्लालोमअन्तर्गत पुरुष कायाकको फाइनल चरणमा पुगेका छन्।

१९औं एसियाली खेलकुद: भलिबलमा महिला टोलीको चौथो हार

१९औं एसियाली खेलकुदमा समूहचरणका दुई खेलको नतिजा नै नेपाली महिला भलिबल टोलीले क्लासिफिकेसन खेलमा पनि लगातार दोस्रो हार सामना गरेको छ।

१९औं एसियाली खेलकुद :डान्स स्पोर्ट्समा दीपक पहिलो चरणबाटै बाहिरिए

नेपालका दीपक लामा जारी १९औं एसियाली खेलकुदको डान्स स्पोर्ट्सअन्तर्गत ब्रेकिङ विधामा शुक्रबार पहिलो चरणबाटै बाहिरिएका छन्।

१९औं एसियाली खेलकुद: नेपाल कबड्डीमा कांस्यमै सीमित

चिओसान गाउली स्पोर्ट्स सेन्टरमा भएको सेमिफाइनलमा भारतसँग ६१–१७ अंकले पराजित भएसँगै नेपाल कांस्य पदकमा नै सीमित भएको हो। यससँगै पहिलो सहभागितामा नै नेपालको महिला कबड्डी टोलीले फाइनलमा पुग्ने अवसर गुमायो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्