८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
खेल

१९औं एसियाली खेलकुद :डान्स स्पोर्ट्समा दीपक पहिलो चरणबाटै बाहिरिए

नेपालका दीपक लामा जारी १९औं एसियाली खेलकुदको डान्स स्पोर्ट्सअन्तर्गत ब्रेकिङ विधामा शुक्रबार पहिलो चरणबाटै बाहिरिएका छन्।

पुरुषतर्फ भएको प्रिसेलेक्सनको प्रतिस्पर्धामा दीपक पहिलो चरणबाटै बाहिरिएका हुन्। प्रिसेलेक्सनमा कुल २५ खेलाडीले प्रतिस्पर्धा गरेका थिए। त्यसमा दीपक २३औं स्थानमा रहे। दीपकभन्दा पछि ताजिकिस्तानका दुई खेलाडी रहे। एसियाडको डान्स स्पोर्ट्समा सहभागी दीपक एक्लो नेपाली खेलाडी हुन्। 

दीपकले एसियाडअघि बेल्जियममा भएको वल्र्ड डान्स च्याम्पियनसिपमा सहभागिता जनाएका थिए। प्रि–सेलेक्सनबाट शीर्ष १६ स्थानमा रहेका खेलाडी भने अघिल्लो चरणमा प्रवेश गरेका छन्। एसियाली खेलकुदमा डान्स स्पोर्ट्स पहिलो पटक समावेश गरिएको हो।

प्रकाशित: २० आश्विन २०८० ०२:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App