१० असार २०८१ सोमबार
image/svg+xml
खेल

१९औं एसियाली खेलकुद :कानोइङमा नेपालका गणेश फाइनल चरणमा

नेपाली खेलाडी गणेश गुरुङ १९औं एसियाली खेलकुद  अन्तर्गत कानोइङ स्लालोमअन्तर्गत पुरुष कायाकको फाइनल चरणमा पुगेका छन्।

आज विहान भएको  सेमिफाइनल चरणको खेलमा गणेश शीर्ष दशमा रहँदै फाइनलमा प्रवेश गरेका हुन्। हिजो शुक्रबार हिट चरणमा शीर्ष १६ मा पर्दै गणेश सेमिफाइनल चरणमा पुगेका थिए।फाइनल चरणमा दश खेलाडीबीच प्रतिस्पर्धा हुनेछ। त्यसमा शीर्ष ३ मा पर्ने खेलाडीले पदक पाउँनेछन। 

प्रकाशित: २० आश्विन २०८० ०६:१४ शनिबार

१९औं एसियाली खेलकुद :कानोइङमा नेपालका गणेश फाइनल चरणमा