३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml
खेल

गल्फ क्लब संरक्षण गर्न मन्त्रीलाई आग्रह

रोयल नेपाल गल्फ क्लब (आरएनजिसी) ले नेपालकै पुरानो गल्फ क्लबका रूपमा रहेको आफ्नो संस्था संरक्षणका लागि सहयोग गर्न युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुलाई आग्रह गरेको छ।

आरएनजिसीको स्थापना सन् १९१७ मा भएको थियो।करिब १०६ वर्ष पुरानो संस्थाले कयौं गल्फका खेलाडी उत्पादन गर्दै आइरहेको छ।१३औं दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्ण विजेता सुवास तामाङ र राष्ट्रिय टोलीकी प्रतिमा शेर्पाले पनि आरएनजिसीबाट गल्फ करियरको सुरुआत गरेका थिए।क्लबले पछिल्ला समय युथहरूलाई पनि गल्फ प्रशिक्षण गराउँदै आएको छ।आफूहरू नाफा कमाउनभन्दा पनि गल्फ खेलको विकासमा लागेको संस्था रहे पनि पछिल्ला समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थ नागरिक उड्डयन कार्यालयले वार्षिक रूपमा क्लबले तिर्दै आएको भाडा शुल्क बढाएपछि समस्यामा परेको जनाएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल छेउमा रहेको आरएनजिसीले जग्गा प्रयोग गरेबापत भाडा वार्षिक ६ लाख रुपैयाँ सरकारलाई बुझाउँदै आएको थियो।तर, सो कार्यालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको छेउमा रहेको आरएनजिसीको वार्षिक भाडा शुल्क २३ लाख रुपैयाँ पु¥याएको छ।त्यससँगै आफूहरूले त्यो रकम तिर्न नसक्ने भन्दै क्लबले युवा तथा खेलकुदमन्त्री लिम्बुसमक्ष बढाइएको शुल्कबारे घटाउन सहजीकरण गरिदिन आग्रह गरेका हुन्।सोमबार क्लबमा नै मन्त्री लिम्बुसँगको छलफलमा क्लबले लामो इतिहास बोकेको क्लब समस्या परेको भन्दै सहयोग गरिदिन अनुरोध गरेको छ।

सो अवसर मन्त्री लिम्बूले गल्फ विकासमा लामो समय योगदान पुर्‍याएको आरएनजिसीको समस्याबारे पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग छलफल गर्दै सहजीकरण गर्ने विश्वास व्यक्त गरेका छन्।

सो अवसरमा क्लबले यसअघि गर्दै आएका विभिन्न कार्यक्रमबारे मन्त्री लिम्बुलाई जानकारी गराएको थियो।साथै मन्त्री लिम्बुले गल्फ कोर्सको अवलोकन गरेका थिए।आरएनजिसीमा १८ होलको गल्फ प्रतियोगिता हुँदै आएको छ।

प्रकाशित: ३ पुस २०८० ०७:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App