१९औं एसियाली खेलकुदमा समूहचरणका दुई खेलको नतिजा नै नेपाली महिला भलिबल टोलीले क्लासिफिकेसन खेलमा पनि लगातार दोस्रो हार सामना गरेको छ।
समग्रमा नेपाली महिला भलिबल टोलीको यो चौथो हार हो। हानझाओ नर्मल युनिभर्सिटी जिम्न्याजियममा शुक्रबार भएको खेलमा नेपालको महिला भलिबल टोली हङकङसँग पराजित हुन पुग्यो। नवौंदेखि १२औं स्थानसम्मको लागि भएको क्लासिफिकेसन म्याचमा नेपाल हङकङसँग ३–० को सोझो सेटमा पराजित भयो। हङकङले नेपाललाई २५–२२, २५–१६, २५–१८ ले पराजित ग¥यो। नेपालको यो चौथो हार हो। समूहचरणमा नेपाल भियतनाम र दक्षिण कोरियासँग समान ३–० को नतिजामा पराजित भएको थियो।
त्यसपछि क्लासिफिकेसन म्याचमा नेपाल भारतसँग प्रतिस्पर्धात्मक खेलमा चुकेको थियो। अब नेपालले ११औं स्थानका लागि मंगोलियासँग खेल्नेछ। उक्त खेल शनिबार हुनेछ। मंगोलिया शुक्रबार भारतसँग ३–० को सेटमा पराजित भएको थियो। एसियाडको भलिबलमा नेपाली महिला टोलीले पहिलो पटक प्रतिस्पर्धा गरेको हो। यद्यपि, नेपालको राष्ट्रिय खेलसमेत रहेको महिला र पुरुष भलिबल टोलीले सुखद नतिजा ल्याउन सकेन।
प्रकाशित: २० आश्विन २०८० ०२:१० शनिबार