१० असार २०८१ सोमबार
image/svg+xml
खेल

१९औं एसियाली खेलकुद:कुस्तीमा सुशीला पराजित

नेपालकी सुशीला चन्द जारी १९औं एसियाली खेलकुदको कुस्तीमा पराजित भएकी छन्।

लिनान् स्पोर्ट्स कल्चर एन्ड एक्जिबिसन सेन्टरमा शुक्रबार भएको महिला ६२ केजीको पहिलो चरणमा भारतकी सोनमले सुशीलालाई १०–० ले पराजित गरिन्। क्वार्टरफाइनल खेलको प्रतिस्पर्धामा सुशीलाले एक अंक पनि ल्याउन नसकेपछि पहिलो हाफमा नै नतिजा सुम्पिन बाध्य भइन्। १३औं दक्षिण एसियाली खेलकुदकी रजत विजेता सुशीलाले निकै खराब प्रदर्शन गरिन्। कुस्तीमा नेपालको तर्फबाट समान दुई पुरुष र महिला गरी चार खेलाडीको चुनौती तय छ।

बिहीबार नै महिला ५७ केजीको पहिलो चरणमा नेपालकी सुवाङ्गी दुवे थाइल्यान्डकी श्रृपारासँग ८–० ले पराजित भएकी थिइन्। शनिबार दुई पुरुष खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन्। १२५ केजीमा नेपालका राज यादवले कम्बोडियाका बाली सोउ तथा ७४ केजीमा नेपालका सुरेश चुनाराले तुर्कमिनिस्तानका पर्मन होम्मादोभविरुद्ध खेल्ने छन्।

प्रकाशित: २० आश्विन २०८० ०१:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App