१९ आश्विन २०८१ शनिबार
image/svg+xml

व्यावसायिकतातर्फ महिला फुटबल

महिला लिगले व्यासायिकताको संकेत गरे पनि आगामी संस्करणको राष्ट्रिय महिला लिगको संरचना कस्तो हुन्छ भन्ने सबैको चासोको विषय बनेको छ। राष्ट्रिय महिला लिगकी संयोजक पेमाडोल्मा लामाले आगामी संस्करणको महिला लिग कुन संरचनामा गर्ने र सहभागी टोलीको टुङ्गो कुन आधारमा निर्धारण गर्ने भन्ने विषय छलफलकै क्रममा रहेको बताइन्।

महिला फुटबल लिगः तेस्रो हुन वालिङ र पुलिसको प्रतिस्पर्धा

चन्द्रपुर नगरपालिकामाथि ३–० को सहज जितका साथ वालिङ नगरपालिकाले राष्ट्रिय महिला लिगको तेस्रो स्थानमा बस्दै सिजनको अन्त्य गर्ने सम्भावना बलियो बनाएको छ। १२ खेलको समाप्तिमा वालिङ १७ अंकका साथ तेस्रो स्थानमा छ। वालिङले लिगमा १२ खेलमा समान ५ जित र ५ हार तथा २ खेल बराबरी खेलेको थियो। बुधबार विराटनगर महानगरपालिकामाथि १–० को जितपछि लिग उपाधि पक्का गरिसकेको एपिएफ ११ खेलमा ३३ अंकका साथ शीर्ष स्थानमा छ।

महिला फुटबल लिग: एपिएफको अग्रता यथावत्

तीन खेलमा स्पष्ट जित निकाल्दै विभागीय टोली एपिएफले राजधानीमा जारी महिला राष्ट्रिय लिगमा शीर्षता कायम राख्दा अर्को विभागीय टोली नेपाल पुलिस र मोफसलको वालिङ नगरपालिका स्याङ्जाले एक/एक गोलको बराबरी खेलेका छन्।

सात वर्षदेखिको प्रेमलाई विवाहमा परिणत गरिन् नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी सदस्य रेनुकाले

रौतहटकी रेनुकाले जनकपुरका अभिषेक लामासँग विवाह गरेकी हुन्। लामा अहिले काठमाडौंमा व्यापार गर्छन्।

वालिङमा महिला फुटबल हुने

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला राष्ट्रिय फुटबल प्रतियोगिता स्याङ्जाको वालिङस्थित मालेबगरमा आयोजना गरिने तय गरिएको छ।

महिला फुटबलरलाई पुरुषसरह सुविधा

ब्राजिल फुटबल फेडेरेसन (सिबिएफ) ले बुधबार राष्ट्रिय टोलीका महिला र पुरुष खेलाडीलाई बराबर सुविधा दिने जनाएको छ ।

लेटाङद्वारा महिला फुटबलरलाई सम्मान

उत्तरी मोरङको लेटाङ नगरपालिकाले दुई महिला फुटबलरलाई नगदसहित सम्मान गरेको छ । १३ औं सागमा नेपाल दोस्रो भएको र त्यस टोलीमा लेटाङ घर भएकी दुई फुटबलरसमेतको सहभागिता रहेकाले लेटाङ नगरपालिकाको सातौं नगरसभामा उनीहरूलाई सम्मान गरेको हो ।

फाइनल पुग्ने नेपालको लक्ष्य

साफ यु–१५ महिला फुटबलको सेमिफाइनलमा भारतको सामना गर्दा नेपाल पहिलो पटक प्रतियोगिताको फाइनल प्रवेश गर्ने लक्ष्यमा हुनेछ।

नेपालले सेमिफाइनलमा भारतसँग खेल्ने

बंगलादेशलाई ३–० को नतिजा सुम्पिएपछि नेपाली टोलीले साफ यु–१५ महिला फुटबलको सेमिफाइनलमा भारतको सामना गर्ने भएको छ।

साफ यु–१५ महिला च्याम्पियनसिपमा नेपाल पाकिस्तानसँग भिड्दै

भुटानमा जारी साफ यु–१५ महिला फुटबल च्याम्पियनसिपमा शनिबार (आज) नेपालले आफ्नो पहिलो खेलमा पाकिस्तानको सामना गर्दैछ।

१५ वर्षमुनीको साफ महिला च्याम्पियनसिप आजबाट सुरु हुँदै

भुटानमा बिहीबार (आज) बाट दोस्रो संस्करणको साफ यु –१५ महिला फुटबल च्याम्पियनसिप सुरु हुँदैछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्