१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

फाइनल पुग्ने नेपालको लक्ष्य

काठमाडौै – साफ यु–१५ महिला फुटबलको सेमिफाइनलमा भारतको सामना गर्दा नेपाल पहिलो पटक प्रतियोगिताको फाइनल प्रवेश गर्ने लक्ष्यमा हुनेछ।

पहिलो खेलमा पाकिस्तानलाई ४–० ले पराजित गरेको नेपाल दोस्रो खेलमा बंगलादेशलाई ३–० को नतिजा सुम्पदै समूह ‘बी’बाट उपविजेतका रुपमा सेमिफाइनल प्रवेश गरेको थियो।

यसअघि २०१७ मा बंगलादेशमा भएको पहिलो साफ यु–१५ महिला फुटबलको समूह चरणमा नेपालले भारतलाई १०–० को नतिजा सुम्पिएको थियो । पहिलो संस्करणमा नेपाल, भारत, भुटान र बंगलादेश गरी ४ टोलीले मात्र सहभागीता जनाएका थिए । राउन्ड रोबिन लिग प्रणालीमा भएको प्रतियोगितामा नेपालले १ जित  र २ हारका साथ तेस्रो स्थानमा चित्त बुझाएको थियो।

यस पटक दुई नयाँ टोली पाकिस्तान र श्रीलंका समेत सहभागी भएपछि सहभागी ६ टोलीलाई दुई समूहमा विभाजन गरिएको थियो । समूहको शीर्ष दुई टोली सेफाइनल प्रवेश गरेका हुन्।

पहिलो संस्करणको उपविजेता भारत नेपालमाथि जित हात पार्दै उपाधि यात्रामा थप अघि बढ्न चाहन्छ । गत संस्करणको फाइनलमा भारतले बंगलादेशलाई १–० को नतिजा सुम्पिएको थियो।

पहिलो खेलमा श्रीलंकालाई १२–० ले पराजित गरेको भारत दोस्रो खेलमा आयोजक भुटानलाई १–० ले पराजित गर्दै समूह ‘ए’को विजेताका रुपमा सेमिफाइनल प्रवेश गरेको थियो । त्यस्तै बिहीबारै हुने अर्को सेमिफाइलनमा बंगलादेश र भुटान आमने–सामने हुदैछन्।

 

प्रकाशित: ३१ श्रावण २०७५ ०३:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App