६ वैशाख २०८१ बिहीबार
खेल

साफ यु–१५ महिला च्याम्पियनसिपमा नेपाल पाकिस्तानसँग भिड्दै

काठमाडौं – भुटानमा जारी साफ यु–१५ महिला फुटबल च्याम्पियनसिपमा शनिबार (आज) नेपालले आफ्नो पहिलो खेलमा पाकिस्तानको सामना गर्दैछ। पाकिस्तानको भने यो दोस्रो खेल हो। पाकिस्तान पहिलो खेलमा बंगलादेशसँग १४–० को फराकिलो हार व्यहोर्न बाध्य भएको थियो।

खेल राजधानी थिम्पुस्थित चाम्लिङथाङ रंगशालामा बेलुकी ७ बजेपछि शुरु हुनेछ। पाकिस्तानलाई पराजित गर्दै विजयी शुरुवात गर्ने लक्ष्यका साथ नेपाली टोली मैदान उत्रदैछ। नेपाली टिमकी प्रशिक्षक गंगा गुरुङले अघिल्लो वर्ष बंगलादेशमा भएको प्रदर्शनलाई बिर्सदै यसपटक राम्रो प्रदर्शन गर्ने बताएकी छिन।

अघिल्लो वर्ष बंगलादेशमा भएको प्रतियोगितामा नेपाल बंगलादेशसँग ७–०, भारतसँग १०–० तथा भुटानसँग १–१ को बराबरी खेल्दै अन्तिम स्थानमा रहदै प्रतियाेगिता अन्त्य गरेकाे थियाे।

पहिलो सहभागितामा ४ टोलीले मात्र भाग लिएको प्रतियोगितामा यस वर्ष भने ६ टोलीको सहभागिता छ। नेपालले समूह चरणको दोस्रो खेलमा सोमबार बङ्गलादेशसंग खेल्नेछ। समूहको दुई टोलीले सेमिफाइनलमा स्थान पक्का गर्नेछन्।

 

प्रकाशित: २६ श्रावण २०७५ ०५:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App