४ वैशाख २०८१ मंगलबार
खेल

१५ वर्षमुनीको साफ महिला च्याम्पियनसिप आजबाट सुरु हुँदै

काठमाडौं – भुटानमा बिहीबार (आज) बाट दोस्रो संस्करणको साफ यु –१५ महिला फुटबल च्याम्पियनसिप सुरु हुँदैछ। राजधानी थिम्पुस्थित चालिमिथाङ मैदानमा हुने पहिलो उद्घाटन खेलमा भारत र श्रीलंकाले प्रतिस्पर्धा गर्ने छन्। 

यस्तै दोस्रो खेल बंगलादेश र पाकिस्तानबीच हुनेछ। नेपालको भने पहिलो खेल शनिबार पाकिस्तानसँग खेल्नेछ। पहिलो संस्करणमा ४ राष्ट्रको सहभागिता रहेको प्रतियोगितामा यसपटक भने ६ राष्ट्रको टिमको सहभागिता छ। यस पटक पाकिस्तान र श्रीलंका दुई राष्ट्र थपिएका हुन्। 

नेपाल पहिलो संस्करणमा सहभागि भएपनि बंगलादेशसँग ७–०, भारतसँग १०–० र भुटानसँग १–१ को बराबरी खेल्दै समूहको अन्तिममा रहदै प्रतियोगिता टुङ्ग्याएको थियो।  

पहिलो संस्करणमा पहिलो संस्करणमा अपेक्षित नतिजा निकाल्न नसकेको नेपाली टोली यो पटक उपाधि जित्ने लक्ष्यका साथ भुटानमा छ। विगतमा भन्दा यसपटक तयारी राम्रो भएकाले उपाधि जित्ने लक्ष्य रहेको प्रशिक्षक गंगा गुरुङ बताउछिन्।

नेपालले समूह चरणको दोस्रो खेलमा नेपालले अगष्ट १३ मा बङ्लादेशसँग खेल्नेछ। समूहको दुई टोलीले सेमिफाइनलमा स्थान पक्का गर्नेछन्।

प्रकाशित: २४ श्रावण २०७५ ०६:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App