coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

सात वर्षदेखिको प्रेमलाई विवाहमा परिणत गरिन् नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी सदस्य रेनुकाले

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी सदस्य रेणुका नगरकोटीले विवाह गरेकी छन्।

घरेलु फुटबल विभागीय टोली एपिएफबाट खेल्ने गरेकी रेनुकाले ७ वर्षदेखिको प्रेमलाई मंगलबार विवाहमा परिणत गरेकी हुन्।

रौतहटकी रेनुकाले जनकपुरका अभिषेक लामासँग विवाह गरेकी हुन्। लामा अहिले काठमाडौंमा व्यापार गर्छन्।  

राष्ट्रिय टिमको कप्तानसमेत बनिसकेकी रेनुका मिडफिल्डर हुन्। गत वर्ष मंसिरमा पोखरामा सम्पन्न १३औं सागमा महिला टिमले रजत पदक जित्दा रेनुका टिमकी सदस्य थिइन्।

रेनुकाले भारतमा सन् २०१६ मा भएको चौथो महिला साफ च्याम्पियनसिपमा नेपालको कप्तानी गरेकी थिइन्।  

यस्तै २०१९ मा नेपालको विराटनगरमा भएको पाँचौँ महिला साफ च्याम्पियनसिपमा नेपाल उपविजेता हुँदा उनी टिममा थिइन्।

प्रकाशित: १६ मंसिर २०७७ ११:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App