coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

लेटाङद्वारा महिला फुटबलरलाई सम्मान

उत्तरी मोरङको लेटाङ नगरपालिकाले दुई महिला फुटबलरलाई नगदसहित सम्मान गरेको छ । १३ औं सागमा नेपाल दोस्रो भएको र त्यस टोलीमा लेटाङ घर भएकी दुई फुटबलरसमेतको सहभागिता रहेकाले लेटाङ नगरपालिकाको सातौं नगरसभामा उनीहरूलाई सम्मान गरेको हो ।  

लेटाङ–६ की मनमाया लिम्बू र ९ नम्बर वडाकी इन्दिरा राईलाई नगरसभाका अवसरमा ‘राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडी पुरस्कार २०७६’ बाट सम्मानित भएका छन् । उनीहरू द्वयलाई नगरपालिकाले जनही नगद ५० हजार र कदरपत्रले सम्मान गरेको हो ।  

खेलाडीहरूलाई सम्मान गर्दै लेटाङ नगरपालिका प्रमुख शंकर राईले खेलकुदका माध्यमबाट नेपालको मात्रै नभई लेटाङको समेत नाम चर्चामा सफल भएका छन् । ‘खेलाडीलाई खेलकुदकै माध्यमबाट जीविकोपार्जन गर्न थप हौसला बढोस् भनेर प्रोत्साहन गरेका हौं,’ उनले भने, ‘नगरलाई खेलकुदमय बनाउने र यहाँबाट खेलाडी उत्पादनको थलोको रूपमा विकास गर्दै अघि बढ्ने छौं ।’  

लामो समयदेखि नेपालको राष्ट्रिय टोलीबाट प्रतिनिधित्व गरेर खेल्दै आएकी मनमाया लिम्बूले राष्ट्रिय टोलीबाट सन्यास लिएकी छन् भने सशस्त्र प्रहरी बलको (एपिएफ) बाट खेल्दै आएकी छन् । उनी एपिएफमा सम्झौता अनुसार खेल्दै आएकी छन् । अर्की राष्ट्रिय टोलीकी खेलाडी इन्दिरा राई  त्रिभूवन आर्मी क्लबसँग आवद्ध रहेकी छन् ।

इन्दिरा राई दाङमा कार्यरत रहेको हुँदा कार्यक्रममा अनुपस्थिति भएकी थिइन् भने मनमाया लिम्बू आफैले सम्मानपत्र ग्रहण गरिन् । सम्मानपत्र ग्रहण गर्दै लिम्बूले भनिन्, ‘आफ्नो नगरले आफूहरूलाई पहिचान गरी माया गर्दै सम्मान गरेकोमा सबैलाई धन्यवाद दिन्छु । यसरी नै सबै नगर वा गाउँपालिकाले आफ्नो ठाउँका सबै खेलका खेलाडीलाई प्रोत्साहन गर्ने परिपाटीको विकास गर्दै लैजानु पर्छ ।’

प्रकाशित: २७ असार २०७७ १३:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App