२४ असार २०८१ सोमबार
image/svg+xml

बाजुराका निर्वाचित जनप्रतिनिधीद्धारा प्रमाणपत्र ग्रहण

मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले नवनिर्वाचित सांसदहरुलाई आधिकारीक निर्वाचित प्रमाण पत्र हस्तान्त्रण गरेका हुन्।

कसरी चुनिन्छन् राष्ट्रपति र उपराष्ट्रपति?

प्रत्यक्षतर्फको मत परिणामको टुंगो लागिसक्दा सत्ता गठबन्धन प्रमुख दल नेपाली काँग्रेस प्रत्यक्षतर्फ ५७, नेकपा एमाले ४४, नेकपा (माओवादी केन्द्र) १८, नेकपा (एकीकृत समाजवादी) १०, जनता समाजवादी पार्टी ७, राष्ट्रिय प्रजातन्त्र पार्टी ७, राष्ट्रिय स्वतन्त्र पार्टी ७, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल ४, नागरिक उन्मुक्ति पार्टी ३, नेपाल मजदुर किसान पार्टी १, जनमत पार्टी १, राष्ट्रिय जनमोर्चाले १ र स्वतन्त्रहरु ५ जनाले चुनाव जितेका छन्।

यस्तो बन्दै छ भक्तपुरको राजनीतिक शक्ति सन्तुलन

यस्तै प्रदेश सभामा एक सदस्य मात्र जितेको नेकपा एमालेले समानुपातिकतर्फ २६ हजार ७० मत प्राप्त गरी जिल्लामा दोस्रो ठूलो दल बनेको छ। एमालेले क्षेत्र नं. १ बाट ८ हजार एक सय ९४ र क्षेत्र नं. २ बाट १७ हजार आठ सय ७६ मत प्राप्त गरेको थियो।

प्रतिनिधि सभामा रहेका सबै विधेयक निस्क्रिय, राष्ट्रिय सभाका यथावतः संसद सचिवालय

नेपाली काँग्रेस र नेकपा एमाले यी दुई पार्टीमध्ये कुनै एकको नेतृत्वमा बन्ने सरकार बाँकी दलहरुको सहयोगमा गठबन्धनकै सरकार बन्ने निश्चित छ। मत परिणाम अन्तिम चरणमा पुगेसँगै आम मानिसमा संघीय संसदमा दर्ता भएका विधेयकहरु अब के होलान्? भन्ने चासो र चिन्ता छ।

कालिकोटमा उदायो गठबन्धन

पुर्व लडाकु शाहीले २४ हजार ४ सय ७४ मत ल्याएर विजय हासिल गरेका छन् भने उनका प्रतिस्पधि एमालेका नगिन्द्र शाहीले १६ हजार ४ सय १० मत प्राप्त गरेका छन्। माओवादी केन्द्रका पोलिट ब्युरो सदस्य समेत रहेका शाही यस भन्दा अगाडी पनि कालिकोटबाटै निर्वाचित भएका थिए।

कपिलवस्तुमा ५ हजार सुरक्षाकर्मी र ३५ सय बढी कर्मचारी परिचालन

निर्वाचनलाई स्वच्छ र भय रहीत बनाउन आफूहरुले भरपर्दो सुरक्षा व्यवस्था मिलाइएको उनले बताए। निर्वाचनमा तीन तहको सुरक्षा घेरा रहने छ। उता सुरक्षा स्थिति मजबुत बनाउन मदिरा बिक्री वितरणमा रोक लगाइएको छ भने ७२ घन्टा अघि नै सिमा नाका समेत बन्द गरिने भएको छ।

फर्जी मतदानको खतरा छ, चनाखो रहनुस्ः थपलिया

'कानूनको प्रभावकारी कार्यान्वयनले नै निर्वाचन स्वच्छ, स्वतन्त्र र निष्पक्ष हुन्छ, कतिपय ठाउँमा मैले जसरी पनि विजय हाँसिल गर्नुपर्ने हुन्छ, निर्वाचन जित्नुपर्छ, भन्ने मानसिकता बोकेका प्रतिनिधि र उम्मेदवारहरुको कारणले फर्जी मतदान हुने खतरा पनि रही रहने अवस्था हुन्छ, धेरै मतदान हुनु राम्रो हो तर हुँदै नभएका व्यक्तिको मतदाता नामावलीमा नाम भएको तर मतदान गर्ने दिन त्यहाँ उपस्थित नभएका व्यक्तिको मतदान गर्नु गम्भीर त्रुटी हो र निर्वाचनप्रतिको यो अवज्ञा पनि हो।’

सरकारको लोभ देखाउँदै उम्मेदवार

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच गठबन्धन भएको थियो। यस निर्वाचनमा ठीक विपरीत ढंगले चुनावी माहाेलअघि बढिरहेको छ। नेपाली काँग्रेस र माओवादी केन्द्रले एमालेलाई र एमालेले काँग्रेस र माओवादी केन्द्रलाई मुख्य प्रतिस्पर्धीको रुपमा लिएर खोचपेच गर्दै आइरहेका छन्।

मोरङ क्षेत्र नं. ३ को (क) मा बिहीबार मनोनयन दर्ता

उनले मंसिर ४ मा हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशन र उम्मेदवारलाई निर्वाचन चिन्हसमेत प्रदान भइसकेको अवस्था रहेकोमा उक्त क्षेत्रबाट प्रदेश सभाका लागि उम्मेदवार थापाको मृत्यु भएको हुँदा उक्त निर्वाचन क्षेत्रको सम्बन्धित दलको उम्मेदवारले मात्रै मनोनय दर्ता गर्न पाउने बताए।

उम्मेदवार भन्छन्ः हामी बनाउँछौ सुन्दर, समृद्ध, सम्पदा सहर

संयुक्त रुपमा जारी प्रतिबद्धतामा प्राप्त भएका उपयुक्त विचार, सुझाव, सल्लाह र पृष्ठपोषणलाई हामी आत्मसात गर्नेछौं र ती विचार, सुझाव र पृष्ठपोषणहरुलाई प्रतिनिधिसभा, प्रदेशसभा, स्थानीय तहसम्म सशक्त ढंगले राख्ने उल्लेख छ।

विकास, समृद्धि र राष्ट्रियताका लागि राप्रपाले जित्नुपर्छः कुन्ती पोखरेल

घरदैलोको क्रममा भेटिएका स्थानीय मतदाताहरुले हार जित जे भएपनि राप्रपालाई भोट हाल्ने प्रतिबद्धता जनाएका थिए। पुरानोलाई धेरै हेरिएको भन्दै यसपटक नयाँ उम्मेदवारलाई जिताएर हेर्ने उनीहरुको कुरा थियो। त्यस्तै क्षेत्र नं. २ मा राप्रपाको घरदैलो जारी छ।

दलका घोषणापत्रमा खेलकुद, कसले कसरी समेटे?

खेलाडीले खेलबाट विश्वमा नाम कमाँउदा जोडिने विषय देश नै हो। सँगै देशको परिचय राजनीतिसँग जोडिँदै आएको छ। किनकी राजनीतिक कोर्षले खेलकुदलाई कति सम्बोधन गर्छ र कति प्राथमिकता राखेर अगाडि बढाउन हौसाला दिन्छ भन्ने सबैको चासो रहन्छ। प्रजातान्त्रिक अभ्यासको पाटो निर्वाचनमा देश लागिरहेका बेला खेलकुदलाई कसरी सम्बोधन गरिँदै छ भनेर मूल्यांकन हुन थालेको छ।

मेरो उम्मेदवारी मुख्यमन्त्रीको लागि: शाक्य

एमालेले त्यसैका लागि आफूलाई पुनः उम्मेदवारी उठाएको सोही क्षेत्रबाट यसअघिको प्रदेशसभा सदस्यमा निर्वाचित शाक्यले दाबी गरे। मंगलबार पत्रकारहरुसँंग उनले एमालेले गएको प्रदेशसभा निर्वाचनमा निर्वाचितहरु ५८ जनामध्ये आफूसहित त्यसका लागि १७ जनालाई पुन दोहाेर्‍याएको उनको भनाइ थियो।

आचारसंहिता उल्लंघन गर्नेलाई कडाइ

‘संविधान र कानुनले तोके बमोजिम आयोगले निर्वाचनको कामहरु तीव्र रुपमा अघि बढाइरहेको छ।’ आयूक्त तुलाधरले भनिन्, ‘सबैसँगको सहकार्य, सहमती अनुसार निष्पक्ष, स्वतन्त्र, भयरहित तरिकाले निर्वाचन गराउन निर्वाचन आयोगले कुनै कसर नराखी कामहरु गरेको छ।’

नेपाल कम्युनिष्ट पार्टीले निर्वाचनविरुद्ध भण्डाफोर अभियान सञ्चालन गर्ने

उनले निर्वाचनको बिरुद्धमा भण्डाफोर, पर्चा वितरण, जुलुस र सभाहरुको आयोजना गरिने बताए। पार्टीले निर्वाचनमा भाग नलिन जनताहरुलाई अपिल गर्ने पनि उनले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्