२६ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

यस्तो बन्दै छ भक्तपुरको राजनीतिक शक्ति सन्तुलन

गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा समानुपातिक तर्फ भक्तपुरमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) पहिलो दल बन्यो। प्रतिनिधि सभाका दुई वटा निर्वाचन क्षेत्र रहेको भक्तपुरमा नेमकिपाले १ नं. क्षेत्रबाट ३२ हजार नौ सय चार र २ नंम्बर क्षेत्र बाट ७ हजार आठ सय ६३ मत प्राप्त गर्दै कुल ४० हजार सात सय ६७ मतका साथ पहिलो दल बनेको हो। नेमकिपाले क्षेत्र नं. १ को प्रतिनिधि सभा सदस्य र प्रदेश सभा १ (२) को सदस्यमा विजय हासिल गरेको थियो।

यस्तै प्रदेश सभामा एक सदस्य मात्र जितेको नेकपा एमालेले समानुपातिकतर्फ २६ हजार ७० मत प्राप्त गरी जिल्लामा दोस्रो ठूलो दल बनेको छ। एमालेले क्षेत्र नं. १ बाट ८ हजार एक सय ९४ र क्षेत्र नं. २ बाट १७ हजार आठ सय ७६ मत प्राप्त गरेको थियो।  

जिल्ला निर्वाचन कार्यालय सल्लाघारी भक्तपुरका सूचना अधिकारी भीमबहादुर बिसीका अनुसार नेपाली कांग्रेसले २३ हजार सात सय ६९ र राष्टिय स्वतन्त्र पार्टीले २३ हजार ६ मत ल्याई क्रमशः तेस्रो र चौंथो दल बने। कांग्रेसले क्षेत्र नं. १ बाट ८ हजार आठ सय ७५ र क्षेत्र नं. २ बाट १४ हजार आठ सय ९४ मत प्राप्त गरे। राष्टिय स्वतन्त्र पार्टीले क्षेत्र नं. १ बाट ११ हजार एक सय १० र क्षेत्र नं. २ बाट ११ हजार आठ सय ९६ मत प्राप्त गरेको छ।

यस्तै राप्रपा ११ हजार तीन सय ९२ मतका साथ पाँचौं ठूलो दल बने। उसले क्षेत्र नं. १ बाट ५ हजार नौ सय तीन र र क्षेत्र नं. २ बाट ५ हजार चार सय ८९ मत प्राप्त गरेको छ। नेकपा माओवादी केन्द्रले क्षेत्र नं. १ बाट एक हजार तीन सय ६७ र क्षेत्र नं. २ बाट ५ हजार चार सय ८९ सहित कुल ४ हजार ९८ मत प्राप्त गरी छैंटौं दल बनेको छ। नेकपा एकिकृत समाजवादीले कुल २ हजार एक सय ५२ मत प्राप्त गरे। यसहिसाबले समयसँंगै यहाँंको राजनीतिक सन्तुलन परिवर्तन हुँदै आएको छ। यद्यपि यो जिल्लामा नेमकिपाको किल्ला तोड्न सकेको छैन। गएको स्थानीय निकायको निर्वाचन भन्दा नेमकिपाले यो पटक दुई वटा निर्वाचन क्षेत्र र चार वटै प्रदेशसभा निर्वाचनमा मत बढाएको छ।  

भक्तपुरमा प्रायः दोश्रो शक्तिको रुपमा रहेको नेपाली कांग्रेसलाई उछिन्दै नेकपा एमाले दोश्रो स्थानमा चढन सफल भएको छ। यद्यपि एमालेबाट यहाँंको दुई प्रतिनिधि सभा निर्वाचन क्षेत्र र चार प्रदेश सभामध्ये प्रदेश सभा एउटै मात्रै जित्न सफल भयो। यहाँं नेमकिपा र कांग्रेसले एक एक प्रतिनिधि सभा र एकएक प्रदेश सभा, नेकपा एसले एउटा प्रदेश सभा निर्वाचित भएको छ। देशैभरि जस्तै यहाँं पनि पछिल्लो पटकको निर्वाचनमा राष्टिय स्वतन्त्र पार्टीको उदय भएको छ। परम्परागत शक्ति राप्रपालाई पनि पछि पार्दै स्वतन्त्र पार्टी अगाडि आएको हो। माओवादी भने यहाँं निरन्तर ओरालो लाग्दो छ।  

प्रकाशित: १४ मंसिर २०७९ १२:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App