५ वैशाख २०८१ बुधबार
राजनीति

कालिकोटमा उदायो गठबन्धन

कालिकोट जिल्लाको एक मात्र प्रतिनिधि सभा सदस्यमा गठबन्धनका साझा उम्मेद्वार महेन्द्रवहादुर शाही निर्वाचित भएका छन्। कर्णाली प्रदेशका पुर्व  मुख्यमन्त्रि समेत रहेका शाहीले एमालेका केन्द्रीय सदस्य नगिन्द्र शाहीलाई  ८ हजार ६४ मतले पछि पार्दै तेस्रो पटक विजयी भएका हुन्।  पुर्व लडाकु शाहीले २४ हजार ४ सय ७४ मत ल्याएर विजय हासिल गरेका छन् भने उनका प्रतिस्पधि एमालेका नगिन्द्र शाहीले १६ हजार ४ सय १० मत प्राप्त गरेका छन्। माओवादी केन्द्रका पोलिट ब्युरो सदस्य समेत रहेका शाही यस भन्दा अगाडी पनि कालिकोटबाटै निर्वाचित भएका थिए।  

स्थानीय एक  विद्यालयमा पढाउदै गर्दा माओवादी आन्दोलनमा लागेका शाही शशस्त्र युद्धमा माओवादी लडाकुको कमाण्डर भएर काम गरेका थिए। २०७० सालमा कालिकोटवाट पहिलो पटक चुनाव लढेर संबिधान सभामा पुगेका शाही उर्जामन्त्री समेत भएका थिए । २०७४ सालमा नेकपा एमालेसंगको गठबन्धनबाट कर्णाली प्रदेश सभा सदस्य भएका शाही कालिकोटको प्रदेश सभा ख वाट निर्वाचित भएका थिए। नेपाली काग्रेसका कालीवहादुर सहकारीलाई २ हजार ८ सयले हराउदै प्रदेश सभामा निर्वाचित भएपछि एमाले र माओवादीको सहमतीमा कर्णाली प्रदेशको पहिलो मुख्यमन्त्री समेत भएका थिए। दुई पाटी बिचको एकता पछि नेकपामा बिवाद हुदा अदालतले एमाले र माओवादी अलग गरिदिएको थियो।  

 सो क्रममा अल्पमतमा परेका शाहीलाई माओवादी माधव नेपाल पक्षका सांसदले साथ दिएका थिए भने नेकपाली काग्रेसले पनि सहयोग गरेकाले मुख्यमन्त्री पद जोगिएको थियो। काग्रेस संगको सत्ता समिकरण पछि दुई वर्ष अगाडी काग्रेसका जिवनवहादुर शाहीलाई मुख्यमन्त्रीमा अघि सारेर उनि आफु पदवाट वाहिरिएका थिए।  एक मात्र प्रतिनिधि सभा सदस्य क्षेत्र रहेको कालिकोटमा सात जना प्रतिस्पर्धामा दिए। जसमा राप्रपा  धन बहादुर बुढाले एक हजार ५६३, नेमकिपा  खड्ग राज शाही एक हजमर ८९ मत ल्याएका छन्। माओवादीबाट बिद्रोह गरि स्वतन्त्र लढ्नु भएका काशिचन्द्र वरालले  आठ सय ९३ मत ल्याएका छन्। टोटल खसेको मतमा  २ हजार ४१ भने बदर भएका छन्।

कालिकोटको प्रदेशसभा (क) मा रावतको जित

कालिकोट प्रदेश सभा (क) मा गठबन्धनको तर्फवाट माओवादी केन्द्रका केन्द्रीय सदस्य दुर्गवहादुर रावत विजयी भएकाटन्। गठबन्धनका उम्मेदवार रावतले ९ हजार १२ मत प्राप्त गर्दै एमालेका कुर्मराज शाहीलाई पराजित गरेका हुन्। शाहीले ७ हजार ९५२ मत प्राप्त गदै उपबिजेता बने।  

प्रदेश सभा (क) मा जम्मा मतदाता संख्या ३५ हजार ३ सय ५१ मा १९ हजार ९सय ३२ मत खसेको थियो । यो जम्मा मतदाताको ५६ प्रतिसत हो । मुख्य निर्वाचन कार्यालय कालिकोटका सूचना अधिकारी प्रेमप्रकाश थापाले खसेको जम्मा मतको ९६ प्रतिसत मत सदर भएको र ४ प्रतिसत मत बदर भएको बताएका छन्।

प्रदेश (ख) मा नेपाली काग्रेसका बिष्टको जित

कालिकोट निर्वाचन क्षेत्र १ को प्रदेश ख मा नेपाली काग्रेसका हिक्मतवहादुर बिष्ट प्रदेश सभामा ७ हजार भन्दा वढी मतले विजयी भएका छन्। गठबन्धनबाट निर्वाचित बिष्टले १३ हजार ७ सय ८३ मतका साथ विजयी  भएका हुन्। उनले नेकपा एमालेका बिरेन्द्रवहादुर वोगटीलाई ७ हजार ९ सय ४४ मतान्तर रहेको छ। एमालेका वोगटीले ५ हजार ८ सय ३९ मत प्राप्त गरेका थिए। बिष्टले सत्ता गठबन्धन नेपाली काग्रेसका साथै  माओवादी केन्द्र र राष्ट्यि जनमोर्चाको साथ पाएका थिए भने एमाले एकल लढेका थिए।  

स्थानीय चुनाव देखि नेकपा माओवादी केन्द्र परित्याग गरी स्वतन्त्र भएका युवा नेता लक्ष्मणवहादुर बम पनि प्रदेश सभामा प्रतिपस्धी बनेका छन्। धारो चुनाव चिह्न लिएर लढ्ेका बमले २ हजार ८ सय ७३ मतका साथ तेस्रो बनेका हुन्। चौथोमा सत्ता गठबन्धन कै नेकपा एकिकृत समाजवादी कालिकोटका अध्यक्ष शिब्वराज बम २ हजार ५सय ५१ मत प्राप्त गरेका छन्।

प्रकाशित: ९ मंसिर २०७९ १३:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App