१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

थारु समुदायमा ‘अट्वारी’ पर्वको रौनक

थारु समुदायको सबैभन्दा ठूलो पर्व माघी पछिको दोस्रो ठूलो पर्व हो। पाँच पाण्डव मध्यका एक पात्र 'भीम' को पुजाआजा गर्दै थारु समुदायले यो पर्व मनाउने गर्दछन्। यो पर्व आईतवारका दिन मनाईने भएकाले यसलाई थारु समुदायले अट्वारी भन्ने गर्दछन्। पाँच पाण्डव मध्यका भीम जस्तै ‘बलवान हुन पाउँ’ भन्ने कामना सहित यो पर्वमा थारु समुदायका पुरुषहरु व्रत बस्ने गर्दछन्।

नेवार समुदायमा पञ्चदान पर्व मनाइँदै

ललितपुर पाटनमा भने यो पर्व श्रावण शुक्ल अष्टमीकै दिनमा मनाइने पनि उनले जानकारी दिए। अन्य सबैतिरका नेवार समुदायले आजै यो पर्व मनाउँछन्।

आज जन्माष्टमी पर्व मनाइँदै

हिन्दु धर्मशास्त्रअनुसार आज (शुक्रबार) आराध्य देव श्रीकृष्ण भगवान्को पूजा-आराधना गरी ‘जन्माष्टमी’ पर्व मनाइँदै छ।

श्रीकृष्ण जन्माष्टमी पर्वले आपसी सद्भाव र सुसंस्कृत समाज निर्माण गर्न प्रेरणा प्रदान गरोस्ः राष्ट्रपति

'सम्पूर्ण विश्वलाई कर्मयोगमा लाग्न प्रेरित गर्दै काम, क्रोध, लोभ, मोह त्याग गरी समाजमा सद्भाव कायम गर्न उत्प्रेरित गर्ने गीता ज्ञानले हामीलाई सुकर्मका लागि युगौँदेखि निरन्तर मार्गदर्शन गरिरहेको छ,'

वसन्तपुरमा गाईजात्रा पर्व मनाइँदै (फोटोफिचर)

यस वर्षको गाईजात्रा पर्व आज बिहानैदेखि सुरु भएको छ। कोरोना भाइरसको महामारीका कारण विगत दुई वर्षसम्म औपचारिकतामा मात्रै सीमित गाईजात्रा पर्व यस वर्ष भने भव्यरुपमा मनाइँदै छ।

नारी सशक्तीकरणको पर्व राखी

प्रसिद्ध मुनि मनुको शब्दमा ‘यत्र नार्यस्तु पुज्यन्ते रमन्ते तत्र देवता’ अर्थात् जहाँ नारीको पूजा हुन्छ त्यहाँ देवताको बास हुन्छ। अहिले पनि भनिन्छ, ‘एउटा सफल पुरुषको पछाडि एउटी नारी नै हुन्छिन्। अर्थात् नारीको योगदान अनुकरणीय एवं अभिनन्दनीय हुन्छ।

मुस्लिम र हिन्दुले धुमधामसँग मनाए मुहर्रम

एक आपसमा भाइचारा, धार्मिक सहिष्णुता र शुभकामना आदानप्रदान गर्दै हिन्दु र मुस्लिमहरुले हर्षोल्लास र धुमधमासँग मुहर्रम मनाएका हुन्। सो अवसरमा मुस्लिमहरुले विशेष नवाज पाठ गरी देशमा स्थायी शान्ति लागि उनीहरुले कामना समेत गरेका थिए।

सद्भाव छर्दै मुर्हरम

भाकल गरी घरमा स्थापना गरिएको तहजियालाई पूजा अर्चना गर्नाले पारिवारिक सुख, संवृद्धि तथा मनोईच्छा पूरा हुने गरेको भक्तजनहरु बताउछन्। साथै यो पर्व श्रद्धा पूर्वक मनाउनाले परिवारिक सुख, शान्ति मिल्नुका साथै बिग्रेको काम समेत बन्ने धार्मिक विश्वास रहेको छ।

अरिंगालले चिलेर बुबाको मृत्यु भएपछि ६ बालबालिकाको बिचल्ली

पर्वतको कुस्मा नगरपालिका–१, पाङ नेवारका ३५ वर्षीय श्रीराम परियारको मृत्यु भएपछि उनका परिवार बिचल्लीमा परेका हुन्।

थारु समुदायमा ‘गुरही’ पर्व मनाइँदै

यो पर्व वर्षायाममा खेतीपातीको काम सम्पन्न भएसँगै धानबालीमा किरा नलागोस् भनेर गाउँका युवतीहरू गाउँभन्दा टाढाको चोकमा गई कपडाले बनाइएका स–साना गुरही (गाइने किराको प्रतीक) असराउने (सेलाउने) चलन रहिआएको छ।

आज नागपञ्चमी पर्व मनाइँदै

प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ।

सुरु भयो गुँला पर्व (फाेटाेफिचर)

भक्तजनहरुले बिहानै स्वयम्भू मन्दिरको दर्शन गरी गुनला संगीत बजाएर पवित्र महिनाको अवसरमा आजदेखि गुँला पर्व सुरु भएको छ। नेपाल भाषामा ‘गुँ’को अर्थ नौ र ‘ला’को अर्थ महिना भनिन्छ।

आज भक्तपुरमा घण्टाकर्ण पर्व मनाइँंदै

परम्परा अनुसार भक्तपुर नगरका टोलटोलका दोबाटो, चौबाटोहरुमा नर्कट, छ्वाली, पराल, हाँंडी, नाङलो लगायतले गथामग बनाइन्छ।

भक्तपुरमा गाईजात्राको तयारी सुरु

कोभिड महामारीका कारण दुई वर्षसम्म गाईजात्रालाई औपचारिकतामा सीमित गर्नुपरेको बताउँदै यस पटकको गाईजात्रा सभ्य, व्यवस्थित र प्रतिस्पर्धात्मक ढंगले सञ्चालन गर्ने उद्देश्यले संस्कृतिकर्मी भेलाको आयोजना गरेको बताए।

कर्णालीमा ‘देउडा तथा साउने सक्रान्ति पर्व’ मनाइँदै

‘देउडा तथा साउने सङ्क्रान्ति पर्व’ आज कर्णालीमा धुमधामका साथ मनाइँदै छ। आजको दिन तीनै तहका सरकारको चालु आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनमा लैजाने प्रारम्भको दिन पनि हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्