४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

‘ल्याण्डफिल साइट’ पोखरालाई टाउको दुखाई

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अन्तिम चरणमा पुगिसकेको छ। तर, विमानस्थल संचालनमा बाधक मानिएको वर्षाैदेखिको एउटा समस्या भने ज्यूँ का त्यूँ छ। त्यो हो–विमानस्थल नजिकैको ल्याण्डफिल साइट व्यवस्थापन। ‘ल्याण्डफिल साइट’ व्यवस्थापन पोखराका लागि टाउको दुखाईको विषय बनेको छ।

विकास निर्माणमा स्थानीय तह र प्रदेशबीच समन्वयको खाँचोः मुख्यमन्त्री

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले स्थानीय तह र प्रदेशबीच समन्वय नभएसम्म विकास निर्माण प्रभावकारी नहुने जिकिर गरेका छन्। मुख्यमन्त्री पोखरेलले शुक्रबार पोखरा महानगरपालिकाको दशौं नगरसभालाई सम्बोधन गर्दै विकास निर्माणमा समन्वयको खाँचो औंल्याए।

म्याराथनका दुई इभेण्टलाई शैक्षिक संस्थाको प्रायोजन

आगामी फागुन ७ गते शनिबार हुने सफल पोखरा म्याराथनलाई दुई शिक्षालयले सहयोग गर्दै अपनत्व झल्काएका छन्। शिक्षालयको सहयोगले पोखरा म्याराथनलाई नयाँ आयाम थपिएको विश्वास आयोजक भुतपुर्व खेलाडी मञ्च नेपालले लिएको छ।

१६औं संस्करणको सँघारमा पोखरा म्याराथनः उत्कृष्ट १० भित्र पर्दैनन् स्थानीय खेलाडी

राष्ट्रिय प्रतियोगितामा समेत कास्कीबाट म्याराथनमा सहभागी हुने खेलाडी पाउनै मुस्किल छ। पोखरामै आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा कास्कीबाट म्याराथनमा दौडिने धावक छैनन्।

लेकसाइडः साँझ नपर्दै सुस्ताउन थाल्यो

पर्यटन क्षेत्र पुन ओरालो लागेको भन्दै व्यवसायी चिन्तित बनेका छन्। यतिसम्म की कतिपय व्यवसायीले त व्यवसायको बोहनी समेत गर्न पाउँदैनन्। बेलुकी सातबजे नै लेकसाइड सुनसान हुने गरेको व्यवसायीले बताएका छन्।

बाक्लो हुस्सुले हवाई उडान प्रभावित

बिहानैदेखिको बाक्लो हुस्सुले पोखरा विमानस्थल अझै खुलेको छैन। भिजिविलिटी नपुग्दा यहाँबाट हुने हवाई उडान प्रभावित भएका छन्। विमानस्थल नखुल्दा विहीबारका कुनैपनि उडान भएका छैनन्। यहाँस्थित विमानस्थलबाट विहान सातबजे नै उडान संचालन हुन्छन्।

पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा केन्याली धावकहरु दौडिने

कोभिडको वर्षेनी नयाँ भेरियन्टले आक्रान्त बनाईरहेको छ। अल्फा, विटा, डेल्टा हुदैं ओमिक्रोनको त्रास फैलिएको छ। त्रासकै बीचमा खेलकुद गतिविधिलाई पनि निरन्तरता दिदैं आएको छ। संक्रमण केही मत्थर हुदैं गएपछि खेलकुद गतिविधिलाई चलायमान बनाउन आयोजकहरुले तदारुकता देखाएका छन्।

पर्यटक तान्दै रामपुरको ‘तालपोखरा’

पाल्पाको सदरमुकाम तानसेनबाट करिब ६५ किलोमिटर पूर्वमा अवस्थित रामपुरको तालपोखरालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरिएपछि यहाँ आउने आन्तरिक पर्यटक ह्वात्तै बढेका छन्। अहिले दैनिक चार सय हाराहारी मानिसहरु आउने गरेको डुङ्गा चालक भगवान देवकोटा बताउँछन्।

मुग्लिङ पोखरा सडक विस्तारः तनहुँ खण्डमा धमाधम रुख कटान

सो सडक विस्तार योजनालाई दुई खण्डमा विभाजन गरेर अगाडी बढाइएको छ। जामुनेदेखि आँबुखैरेनीसम्म र जामुनेदेखि पोखरासम्म खण्डमा विभाजन गरी ठेक्का लगाइएको छ।

सेतीबाट निर्माण सामग्री निकाल्न बतासको प्रस्तावः बिनाअध्ययन ३५ वर्षसम्म ठेक्का दिने तयारी

पोखरा देशकै ठूलो महानगरपालिकामा पर्छ। यसको वार्षिक बजेट ६ अर्ब १९ करोड रुपैयाँ छ। जसको एक–डेढ प्रतिशतमात्र रकम खर्चिने हो भने पनि सेतीको डिपिआरदेखि इआइए र जोखिम मूल्यांकन गर्न पुग्छ। तर महानगरपालिका त्यो दायित्वबाट पन्छिएर बतास समूहलाई सम्पूर्ण जिम्मा दिने तयारीमा छ।

पोखरामा पानी चराको गणना

पोखराका ताल तलैया र खोलानालामा पाईने जलपंक्षीको गणना सुरु गरिएको छ। वर्षेनी जलपंक्षी गणना गरिदैं आएको छ। गणना कार्य सन २००४ देखि पोखरामा निरन्तर गरिदैं आएको छ। सन् १९८७ देखि वर्षेनी नियमित रूपमा गरिँदै आएको छ।

पोखराका आन्तरिक हवाईयात्रुः वर्षमा पाँच लाख बढी

पोखरा विमानस्थलका अनुसार सन् २०२१ मा पोखराका हवाई यात्रुको संख्या ५ लाख २९ हजार ९ सय ४४ पुगेको छ। ती मध्ये ८ हजार ४९ जना मात्र विदेशी पाहुना छन। पोखराका हवाई यात्रुमध्ये ५ लाख २१ हजार ८ सय ९५ जना आन्तरिक यात्रु रहेको विमानस्थलको तथ्यांकले देखाएको छ।

आकाशबाट पोखरा नियाल्दा (फोटो फिचर)

हेलिकप्टर चढेर पोखराको आकाशमा रमाउने र आसपासका विभिन्न गन्तव्यसम्म पुग्ने पाहुना अहिले पोखरामा बढिरहेका छन। हेलिकप्टरमा रमाउने गरि आन्तरिक पाहुना पोखरा आउन थालेको व्यावसायीको भनाई छ। हेलिकप्टरबाटै हिमाली खोंच र चुचुरासम्म पनि अहिले पाहुना पुगिरहेको व्यावसायीले बताएका छन।

पोखराको ट्राफिक चाप: जिप्पार प्रविधि भित्र्याए घटाउन सकिन्छ

यातायातका साधन दिनहुँ थपिनेक्रमसँगै पोखरामा सवारीको जाम लाग्न थालेको छ। सबैतिर घर बनिसकेकोले सडक फराकिलो बनाउन उत्ति सहज पनि छैन। दिनहुँ थपिएका सवारीका कारण यहाँ सडकयात्रा सकसपूर्ण बन्दै गएको छ। जापानमा प्रयोगमा ल्याउन थालिएको जिप्पार प्रविधिलाई पोखरामा प्रयोग गर्न सकिने भन्दै अध्ययन थालिएको छ।

पोखरा सडक महोत्सवमा पाहुनाः तीनकिलोमिटर दूरी भरिभराउ

कोरोना संक्रमण सुरु भएको दुई पुगेर तीवर्ष लाग्यो। यो बीचमा पर्यटन क्षेत्रले कहिले सुस्ताउने त कहिले ब्यूँतने प्रयत्न ग¥यो। संक्रमण सुरु भएपछिको दुईवर्ष पुरा अवधिमा पर्यटन क्षेत्रले जे जति सकस खेप्यो, त्यो सकस बिर्साउने गरि शुक्रबार पोखरामा पाहुनाको मानवसागर ओर्लियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्