८ वैशाख २०८१ शनिबार
फोटो फिचर

आकाशबाट पोखरा नियाल्दा (फोटो फिचर)

आकाशबाट देखिएको पोखरा फेवाताल। तस्बिरः नागरिक

पोखरामा हेलिकप्टरबाट आकाशमा रमाउने र आसपासका विभिन्न गन्तव्यसम्म पुग्ने पर्यटकको संख्या बढेको छ। 

हेलिकप्टरमा रमाउने गरी आन्तरिक पाहुना पोखरा आउन थालेको व्यावसायीहरू बताउँछन्।  हेलिकप्टरबाटै हिमाली खोंच र चुचुरासम्म पनि अहिले पाहुना पुगिरहेको व्यावसायीले बताएका छन।

यतिबेला कास्कीको पर्यटकीय गाउँ सिक्लेस माथिको कफुचे हिमपात र मर्दी हिमाल आकर्षक गन्तव्य बनिरहेका छन्। ती गन्तव्यसम्म हेलिकप्टरबाट पुग्ने पाहुना पर्याप्त छन्।

त्यसबाहेक पोखराबाट उडेर शान्ति स्तुप, पुम्दीभुम्दीको शिव मन्दिर, पञ्चासे क्षेत्रलाई फन्को मारेर घुम्ने पाहुना पनि पर्याप्त छन्। विभिन्न हेलिकप्टर कम्पनीले अहिले पाहुनालाई खोच र आकाशमा फन्को लगाउन मिल्नेगरी पोखरामै हेलिकप्टर राख्ने गरेका छन्।

‘आन्तरिक पाहुना निकै नै रमाएका छन,’ सत्यम हेलि सर्भिसका संचालक अमृत अधिकारीले भने, ‘आन्तरिक पाहुना अहिले हेलिकप्टरमा घुम्न रुचाउन थालेका छन्। खर्च गर्ने क्षमता पाहुनामा बढेको छ।’ पोखरामा फिस्टेल एयरको हेलिकप्टरमार्फत सत्यम हेलि सर्भिसले अहिले पाहुनालाई सेवा दिइरहेको छ। 

अधिकारीका अनुसार पोखराको आकाशमा फन्को लगाउँदा १२ देखि १५ मिनेटको उडान पूरा हुन्छ। यो उडानमा रमाउने पाहुनाले प्रतिव्यक्ति १० हजार रुपैयाँ तिर्नुपर्छ।

 

 

प्रकाशित: २१ पुस २०७८ १०:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App