७ आश्विन २०८१ सोमबार
image/svg+xml

नेपाल समूहले आफू पक्षका सांसदहरुको बैठक बोलायो

नेकपा एमालेका नेता माधवकुमार नेपालले आफू पक्षका सांसदहरुको बैठक बोलाएका छन्।

नेपालसहित एमालेका ३२ सांसदलाई स्पष्टीकरण

नेकपा एमालेले पार्टीका नेता माधवकुमार नेपालसहित ३२ सांसदलाई स्पष्टीकरण सोधेको छ। पार्टीको आज बसेको केन्द्रीय महाविधेशन आयोजक कमिटीले पार्टी गतिविधि र संसदीय दलको अनुशासन उल्लघङ्न गरेका आरोपमा २७ सङ्घीय सांसद र कर्णाली प्रदेशका पाँच प्रदेशसभा सदस्यलाई स्पष्टीकरण सोधेको हो।

अप्ठ्यारोमा नेता नेपाल

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल इतिहासकै कठिन परिस्थितिको सामना गर्नुपर्ने अवस्थामा पुगेका छन्। उनलाई साथ दिइरहेका धेरैजसो नेताकार्यकर्ताले माओवादीसँग एकीकरण गर्नेगरी पार्टी विभाजन नगर्न दबाब दिएपछि नेपाल कठिन परिस्थितिमा पुगेका हुन्।

थापाथलीबाट एमाले मुख्यालय सञ्चालित

नेकपा एमाले मुख्यालय थापाथलीबाट सञ्चालन भएको छ। यही वैशाख १ गतेदेखि पार्टी केन्द्रीय कार्यालय थापाथलीबाट पूर्णरुपमा सञ्चालन भइरहेको हो।

निकट भविष्यमै नेपाल पक्षसँग पार्टी एकता हुन्छः देवेन्द्र पौडेल

नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले निकट भविष्यमै नेकपा एमाले माधवकुमार नेपाल पक्षसँग पार्टी एकता हुन सक्ने बताएका छन्।

'फ्लोर क्रस मतदान' ओलीविरुद्धको संकेतमात्रै : युवराज ज्ञवाली

नेकपा एमाले खनाल–नेपाल समूहका उपाध्यक्ष युवराज ज्ञवालीले कर्णाली प्रदेशमा मुख्यमन्त्रीका पक्षमा भएको ‘फ्लोर क्रस मतदान’ अध्यक्ष केपी शर्मा ओलीको ज्यादतीविरुद्ध संकेतमात्रै भएको बताएका छन् ।

कर्णालीमा फ्लोर क्रस : यो संकेत मात्रै हो

‘कर्णालीमा भएको फ्लोर क्रस मतदान संकेत मात्रै हो, नकारात्मक ढंगबाट ओली जी हिँडे हाम्रा पनि बिकल्पहरु थुप्रै छन् भन्ने उदाहरण कर्णालीमा देखाएका हौँ,’ ज्ञवालीले नागरिकसंग भने ‘यदि अँझै त्यहि नकारात्मकताको बाटोमा हिँडिरहे हाम्रा यस्ता कैयन बिकल्पहरुलाई अन्य प्रदेशमा पनि खुल्ला राख्ने छौँ ।’

कर्णालीको काँग्रेसलाई केन्द्रको भर

यतिबेला कर्णालीमा सरकार उथलपुथल हुने अवस्थामा छ। कर्णालीको प्रमुख राजनीतिक दल एमाले आफ्नो सरकार बनाउने धाउन्नमा छ। यता नेकपा (माओवादी)का मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकारलाई यथावत् राख्ने बल लगाइरहेको छ।

आफ्नालाई लखेटेर बिपरित ध्रुवका महन्थहरुसँग गठबन्धन गर्नु राजनीतिक विसंगति हो : भुसाल

नेकपा एमालेका नेता घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीले विचार र सिद्धान्तमा असंगतीला महन्त ठाकुरसँग मिलेर सरकार टिकाउन खोज्नु गलत भएको बताएका छन्।

लुम्बिनी प्रदेश : मुख्यमन्त्री पोख्रेलविरुद्ध हस्ताक्षर

एमालेका ४१ र जनता समाजवादी पार्टीका एक जना सांसद बाहेक ४२ सांसदले मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावका लागि हस्ताक्षर समेत गरिसकेको स्रोतले बताएको छ । उक्त हस्ताक्षर आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीलाई बुझाईएको र यो हस्ताक्षरसहित मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव संसदमा दर्ता गर्ने तयारी भएको स्रोतको दाबी छ ।

आलोचना र सुझाव दिनेलाई शत्रुवत् व्यवहार गर्न हुँदैन : नेता नेपाल

नेकपा एमालेका नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीमा आलोचना र सुझाव दिनेलाई शत्रुवत् व्यवहार गर्न नहुने बताएका छन्।

प्रदेश २ राजनीतिः मण्डल 'आउट', महतो 'इन'

प्रदेश २ को नेकपा एमाले संसदीय दलको नेताबाट सत्यनारायण मण्डललाई हटाएर शत्रुधन महतोलाई चयन गरेको छ। नेकपा एमाले संसदीय दलको कार्यालयमा बसेको बैठकले बहुमतबाट नेता मण्डललाई हटाएर महतोलाई चयन गरेको हो।

प्रधानमन्त्रीको तातो कुर्सीमा बसेकाले ओलीको दिमाग पनि तातो भयो: नेता नेपाल

नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताको अहंकार भएको बताएका छन्।

उदयपुरमा नेकपा एमालेको समानान्तर कमिटी

आन्तरिक संघर्ष उत्कर्षमा पुगेको पुनर्जीवित नेकपा (एमाले) को माधव नेपाल र झलनाथ खनाल समूहले उदयपुरमा समानान्तर कमिटी गठन गरेको छ।

उदयपुरमा नेपाल र खनाल समूहको समानान्तर कमिटी

आन्तरिक संघर्ष उत्कर्षमा पुगेको पुनर्जिवित नेकपा (एमाले)को माधव नेपाल र झलनाथ खनाल समूहले उदयपुरमा समानान्तर कमिटी गठन गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्