१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

कर्णालीको काँग्रेसलाई केन्द्रको भर

यतिबेला कर्णालीमा सरकार उथलपुथल हुने अवस्थामा छ। कर्णालीको प्रमुख राजनीतिक दल एमाले आफ्नो सरकार बनाउने धाउन्नमा छ। यता नेकपा (माओवादी)का मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकारलाई यथावत् राख्ने बल लगाइरहेको छ।

त्यसै अनुरुप बिहीबार दुई बजे मुख्यमन्त्री शाही विश्वासको मत लिने तयारी गरिरहेका छन्।  माओवादी संसदीय दलले मुख्यमन्त्रीलाई विश्वासको मत दिन पनि आग्रह गरिरहेको छ। तर मुख्यमन्त्री शाहीको सरकारले निरन्तरता पाउनको लागि काँग्रेसको समर्थन जरुरी छ भने एमाले पनि काँग्रेस आफूतिर आइदिएको खण्डमा हाइसुखले सरकार ढलाउने सकिने मनस्थितिमा छ।

तर यता काँग्रेस के गर्ने भन्ने दोधारमा छ। हालसम्म काँग्रेसले कुनै निर्णय नगरेको प्रदेश सभा सदस्य दिनबन्धु श्रेष्ठले जानकारी दिए।

'हामी केन्द्रको निर्णय कुरिरहेको छ। केन्द्रको सर सल्लाह अनुसार संसदीय दलको बैठकले निर्णय गर्नेछ,' उनले भने, 'दुई बजेसम्म मुख्यमन्त्रीलाई विश्वासको मत दिन पनि सक्ने र नसक्ने स्थिति रहनेछ।'

कर्णाली प्रदेशमा सरकार गठनका लागि २० जना सांसदको आवश्यक पर्छ। नेकपा एमालेमा २० जना सांसद छन् भने माओवादी केन्द्रमा १२ जना। १३ जना सांसद रहेको माओवादीमा एमाले प्रवेश गरेको धर्मराज रेग्मीलाई कारबाही गरेपछि संख्या १२ मा झरेको हो।

कर्णालीमा माओवादी केन्द्रलाई कांग्रेसका ६ र राप्रपाका एकजना सांसद्ले सहयोग गरे पनि विश्वासको मत पुग्दैन। यसका लागि मुख्यमन्त्रीले एमालेका केही सांसदलाई आफ्नो पक्षमा लिएर 'फ्लोर क्रस' गर्नुपर्ने हुन्छ।

प्रकाशित: ३ वैशाख २०७८ ०७:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App