१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

नेपाल समूहले आफू पक्षका सांसदहरुको बैठक बोलायो

नेकपा एमालेका नेता माधवकुमार नेपालले आफ्नो पक्षका सांसदहरुको बैठक बोलाएका छन्। पार्टी अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले आफूसहित २७ जना सांसदलाई स्पष्टीकरण सोधेपछि नेपालले मंगलबार दिउँसो सांसदहरुको बैठक बोलाएका हुन्।

पार्टी गतिविधि र संसदीय दलको अनुशासन उल्लघङ्न गरेका आरोपमा २७ सङ्घीय सांसद र कर्णाली प्रदेशका पाँच प्रदेशसभा सदस्यलाई स्पष्टीकरण सोधेको हो।  

यसअघि पार्टीले नेता नेपालसहित, रावल, भुसाल र पाण्डेलाई छ महिनाका लागि पार्टीबाट निलम्वन गरेको थियो।

प्रकाशित: ७ वैशाख २०७८ १०:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App