१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीको तातो कुर्सीमा बसेकाले ओलीको दिमाग पनि तातो भयो: नेता नेपाल

नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताको अहंकार भएको बताएका छन्। रौतहटको चन्द्रनिगाहपुरमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले प्रधानमन्त्री ओली प्रधानमन्त्रीको तातो कुर्सीमा बसेको हुनाले दिमाग पनि तातो भएको आरोप लगाएका छन्। उनी सत्ताको अहंकारमा रहेको आरोप लगाउँदै नेपालले देशभरका कार्यकर्ताहरु आफ्नो पक्षमा रहेको बताएका छन्।  

जिल्ला जिल्लामा विभिन्न भ्रातृ संगठन तथा पार्टी कार्यकर्ताहरुको लहर आफ्नो पक्षमा रहेको बताउँदै नेता नेपालले आफूहरुलाई जनता र कार्यकर्ताको साथ रहेको स्पष्ट पारेका छन्।  

महिला, युवा, विद्यार्थीलगायतका संगठनहरुको भेला सबैतिर भइरहेको र सबैको आकर्षण पार्टीको मूल प्रवाह रहेको नेता नेपालले बताएका छन्।

प्रकाशित: २९ चैत्र २०७७ १४:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App