८ आश्विन २०८१ मंगलबार
image/svg+xml

देशलाई पुनः ठप्प पार्ने बाध्यात्मक परिस्थिति सिर्जना नहोस्ः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस पुनः प्रकट भएकामा गम्भीर चिन्ता व्यक्त गरेका छन्।

चार सांसद पदमुक्त

नेकपा (माओवादी केन्द्र) परित्याग गरेर नेकपा एमाले प्रवेश गरेका चारजना मन्त्रीको सांसद पद खोसिएको छ। प्रतिनिधिसभाको बिहीबारको बैठकमा नेकपा माओवादी केन्द्रले कारबाही गरेका चार सांसद पदमुक्त भएको सभामुख अग्निप्रसाद सापाकोटाले जानकारी गराए।

संसदले काम गर्न नसके सभामुखमाथि प्रश्न उठ्छः सांसद पण्डित

नेकपा एमालेका सांसद लालबाबु पण्डितले प्रतिनिधिसभा सातौं अविधेवेशनले पारित गर्छ कि गर्दैन भनेर जनताले हेरेर बसेको बताएका छन्।

कर्णाली प्रदेश : तीन मन्त्रीद्वारा सामूहिक राजीनामा

नेकपा एमालेकातर्फबाट कर्णाली प्रदेश सरकारमा सहभागी तीन जना मन्त्रीले मंगलबार सामूहिक राजीनामा दिएका छन्।

राम्रा कामको बेवास्ता भयोः महेश बस्नेत

नेकपा एमालेका सांसद महेश बस्नेतले सरकारका राम्रा कामलाई बेवास्ता गरेर विरोधीहरु सरकारको आलोचनामा मात्र तल्लीन भएकामा आक्रोश पोखेका छन्।

‘राजनीतिक भविष्य बोकेको मान्छे विभाजनतर्फ लाग्न सुहाउँदैन’

नेकपा एमालेका नेता महेश बस्नतेले माधव नेपाल र उनी पक्षीय नेतालाई पार्टी विभाजन गराएर पतनको बाटो रोज्ने वा आत्मालोचनासहित पार्टीमा फर्कने दुईमध्ये एक विकल्प रोज्न सुझाएका छन्। उनले माधवपक्षीय नेताहरूको पछिल्ला गतिविधि पार्टी एकताको पक्षमा नरहेको समेत दाबी गरे।

चर्को आलोचनापछि सूर्य थापाले हटाए प्रचण्डमाथि व्यंग्य गरेको पोष्ट

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले ट्वीटरमा आफैंले लेखेको पोस्ट हटाएका छन्।

प्रचण्डलाई सूर्य थापाको व्यंग्यः आफैले भाँड्न चाहेको एकता कति प्यारो ?

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'माथि व्यंग्य गरेका छन्।

घनश्याम भुसाल र सुरेन्द्र पाण्डेमाथिकाे कार्बाही भद्दा मजाकः योगेश भट्टराई

नेकपा एमालेका नेता योगेश भट्टराईले घनश्याम भुसाल र सुरेन्द्र पाण्डेमाथि गरिएको कार्बाही भद्दा मजाक भएको टिप्पणी गरेका छन्।

ओलीले पार्टीलाई राज्य दोहनमा लागेको गिरोहमा परिणत गरेः घनश्याम भुसाल

नेकपा एमाले नेता घनश्याम भुसालले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले राम्रो पार्टीलाई गुटमा बदलेको आरोप लगाएका छन्।

प्रधानमन्त्रीको कदमको औचित्य पुष्टि हुँदै जान्छ : महेश बस्नेत

पूर्वमन्त्री एवं नेकपा (एमाले)का युवा नेता महेश बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन गर्ने कदमको बिस्तारै औचित्य पुष्टि हुँदै जाने बताएका छन्। संसद्ले कामै गर्न नसक्ने अवस्थामा पुगेको बताउँदै नेता बस्नेतले घटनाक्रमहरूले प्रतिनिधिसभा विघटन गर्ने कदमको औचित्य पुष्टि हुने बताए।

नेता पाण्डेको अध्यक्ष ओलीलाई प्रश्नः प्रचण्डको मतियार तपाई हो कि अरु कोही?

उनले स्पष्टीकरण पत्रमा लेखेका छन्, 'मलाई 'प्रचण्डको मतियार’ भन्ने लगाउनु भएको आरोप मलाई हास्यास्पद लाग्यो। किनकि ०७४ अशोज १५ गते तपाई एक्लैले तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच चुनावी तालमेल गर्ने र दुई पार्टीबीच सिटको बाँडफाँड गर्ने गोप्य सहमति गर्नु भयो।'

ओलीलाई घनश्याम भुषालको पत्रः कमरेड ! पार्टीलाई अगाडि बढ्न दिनुस्, अझै पनि व्यक्तिवादको घोर नशाबाट ब्युँझनुस्

नेकपा एमाले नेता घनश्याम भुषालले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिएका छन्। भुषालले मंगलबार पठाएको पत्रमा प्रधानमन्त्री ओलीलाई व्यक्तिवादको घोर नशाबाट ब्यूँझन आग्रह गर्दे उनले लगाएको आरोप बनावटी भएको बताएका छन् ।

सुदूरपश्चिम प्रदेश सरकार बदल्ने कसरत

एमालेको सुदूरपश्चिम इन्चार्जबाट भीम रावललाई हटाएर भट्टलाई इन्चार्ज बनाइएको छ। नयाँ सरकार बनाउन नेपाली कांग्रेस र राजपासँग वार्ता गर्न एमाले प्रदेश समितीको बैठकले प्रदेशका सहइन्चार्ज पाठक संयोजक रहेको तीन सदस्यीय वार्ता टोली पनि गठन गरेको प्रदेश अध्यक्ष थापाले बताए।

सभामुख सापकोटाले भेटे प्रधानमन्त्री ओलीलाई

प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री र सभामुखबीच भेट भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्