५ वैशाख २०८१ बुधबार
राजनीति

नेता पाण्डेको अध्यक्ष ओलीलाई प्रश्नः प्रचण्डको मतियार तपाई हो कि अरु कोही?

नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टी नेतृत्वले स्पष्टीकरण सोध्दा लगाएका आरोपहरु झूटो भएको बताएका छन्।

आफूलाई  'प्रचण्डको मतियार’ भन्ने लगाएको आरोप हास्यास्पद लागेको बताउँदै नेता पाण्डेले मंगलबार अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गर्दै स्पष्टीकरणको जवाफ पठाएका हुन्।

उनले स्पष्टीकरण पत्रमा लेखेका छन्, 'मलाई 'प्रचण्डको मतियार’ भन्ने लगाउनु भएको आरोप मलाई हास्यास्पद लाग्यो। किनकि ०७४ अशोज १५ गते तपाई एक्लैले तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच चुनावी तालमेल गर्ने र दुई पार्टीबीच सिटको बाँडफाँड गर्ने गोप्य सहमति गर्नु भयो।'

'२०७५ जेठ ३ गते भएको पार्टी एकताको समयमा आलोपालो अध्यक्षता र प्रधानमन्त्री आधाआधी बाढ्ने प्रचण्डसंगको सहमति पनि गोप्य रुपमा तपाईले नै गर्नु भएको थियो। अब तपाई भन्नुस प्रचण्डको मतियार तपाई हो कि अरु कोही?' भन्दै उनले अध्यक्ष ओलीलाई प्रश्न गरेका छन्।  

नेता पाण्डेले अगाडि भनेका छन्, 'तपाईले मलाई १९ पृष्ठ लामो अराजनीतिक, तथ्यहीन र शत्रुतापूर्ण आरोप तयार गर्ने’ भन्ने झूटो आरोप समेत लगाउन तम्सिनु भयो।'  

पार्टीको एकता जोगाउन पार्टीलाई २०७५ जेठ २ मा फर्काउनुको कुनै विकल्प नरहेको बताउँदै उनले भने, 'फागुण २८ र त्यसपछिका गुटभेलाका निर्णयलाई बदर गरी पार्टीलाई विधि र विधान अनुसार संचालन गरे मात्र पार्टीको एकता जोगाउन सम्भव हुनेछ।'

प्रकाशित: १७ चैत्र २०७७ १३:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App