coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

ओलीलाई घनश्याम भुषालको पत्रः कमरेड ! पार्टीलाई अगाडि बढ्न दिनुस्, अझै पनि व्यक्तिवादको घोर नशाबाट ब्युँझनुस्

नेकपा एमाले नेता घनश्याम भुषालले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिएका छन्। भुषालले  मंगलबार पठाएको पत्रमा प्रधानमन्त्री ओलीलाई व्यक्तिवादको घोर नशाबाट ब्यूँझन आग्रह गर्दे उनले लगाएको आरोप बनावटी भएको बताएका छन् । 

उनले बुझाएको स्पष्टीकरणमा ओली नेतृत्वको सरकार आएपछि सरकारका आजसम्मका नीति–कार्यक्रम र बजेटहरु ‘समृद्ध नेपाल, सुखी नेपाली’ को सोच विपरित दिशामा गएको आरोप लगाए । ‘पार्टीको नवौँ महाधिवेशनले ’समृद्ध नेपाल, सुखी नेपाली’ को कार्यक्रमिक सोच अगाडि सारेको थियो’, उनले पत्रमा भनेका छन्,  ‘तर तपाईँ सरकारको नेतृत्वमा आएपछि सरकारका आजसम्मका नीति–कार्यक्रम र बजेटहरु पार्टीका ती सोच र घोषणा विपरित दिशामा गए ।’  

सरकारमा जुन शक्ति र सामथ्र्यका साथ गएका थियौँ त्यसको नेतृत्व गर्न  प्रधानमन्त्री असफल भएको उनको भनाई छ । ‘तपाईँ असफल हुनु भयो। सरकारका विधेयकहरु विवादित भए, मन्त्रीहरु विवादित भए, अनेक काण्डमा तपाईँको भूमिका अनुचित रह्यो, ’ उनले लेखेका छन्, ‘विदेश नीतिमा तपाईँ अवसरवादी हुनु भयो, राष्ट्रिय अखण्डता र सार्वभौमिकताका प्रश्नलाई समेत तपाईँले निजी मामिला बनाउनु भयो । ’  

त्यस्तै सुशासनलाई  प्रधानमन्त्रीले आफैले लज्जित पार्नु पारेको भुषालले बताएका छन् । ‘ तपाईले सरकार र राज्यलाई आफ्नो गुटका हितको साधनका रुपमा दुरुपयोग गर्नु भयो’, उनले पत्रमा भनेका छन् , ‘अधिकारहरु आफ्नो हातमा लिनु भयो तर तिनको दुरुपयोग गर्नु भयो । ’  

त्यस्तै अनेक असफलतापछि संसद विघटनजस्तो अवैधानिक कदम चालेको आरोप् लगाउँदै ओलीले पार्टीलाई अपयशको भारी बोकाउने काम समेत गरेको उल्लेख गरे । ‘यो पार्टी र आन्दोलनलाई त बोकाउनु नै भयो, उनले पत्रमा लेखेका छन् ‘ त्यतिले नपुगेर अझै के तृष्णा बाँकी रह्यो र पार्टी विभाजन गर्न खोज्दै हुनु हुन्छ?

प्रकाशित: १७ चैत्र २०७७ ०७:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App