२६ आश्विन २०८१ शनिबार
image/svg+xml

फेसबुक भर्सेस अस्ट्रेलिया

समाचारको आम पहुँचका लागि विश्वभरका समाचार संस्थाले सामाजिक सञ्जाल फेसबुकको उपयोग गर्ने चलन लोकप्रिय छ । यसरी लोकप्रिय रहेका सामाजिक सञ्जालमा साझा (सेयर) गरिने समाचारलाई प्रयोगकर्ताले पुनः साझा गर्दा त्यस्ता सामग्री भाइरल बन्ने र त्यसको प्रभाव पनि उत्तिकै बढ्ने गर्छ । फेसबुकको टाइमलाइनमै आउने यस्ता ‘न्युज फिड’ का कारण समाचार साइटको मौलिक लिंकमा लाखौं प्रयोगकर्ता जोडिन पुग्छन् ।

माधव नेपालको ढाडमा टेकेर ओलीको टाउकोमा हिर्काउने प्रचण्डको योजना असफल : शंकर पोखरेल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले नेकपाका वरिष्ठ नेता ‘माधव नेपालको ढाडमा टेकेर केपी ओलीको टाउकोमा हिर्काउने प्रचण्डको योजना’ असफल भएको बताएका छन्।

वृद्धाभत्ता अब एक महिनाको पाँच हजार पुग्छ : उपप्रधानमन्त्री पोखरेल

उपप्रधानमन्त्री ईश्वर पोखरेलले वृद्धाभत्ता मासिक पाँच हजार पुर्‍याउने सरकारको लक्ष्य रहेको बताएका छन्।

महिलालाई विदेश जान पालिकाको सिफारिस अनिवार्य

महिलालाई घरेलु कामका लागि वैदेशिक रोजगारीमा जान प्रतिबन्ध लगाएको सरकार पुनः विदेश जाने महिलालाई विभेद हुनेगरी अर्को निर्णय गर्ने तयारीमा छ । भिजिट भिसा लिएर विदेश जाने महिलाको संख्या वृद्धि भएको र जोखिम पनि बढेको तर्क गर्दै सरकारले यस्तो व्यवस्था गर्न लागेको हो ।

इजलासमा महान्यायाधिवक्ताको दाबीः संसद्ले काम नगर्दा विघटन गर्नुपर्‍यो

महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले सर्वोच्च अदालतमा चलिरहेको प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा प्रधानमन्त्रीले समातेको विघटनको बाटो संविधानसम्मत भएको जिकिर गरेका छन्। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासमा सोमबार सरकारका पक्षबाट महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले बहस गरे।

‘आरोप पत्र’ फिर्ता लिएर निर्वाचनमा सहभागी भए पार्टी एकता कायम रहन्छ : ईश्वर पोखरेल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समुहका नेता ईश्वर पोखरेलले गत कात्तिक २८ गतेको सचिवालय बैठकमा पुष्पकमल दाहालले पेश गरेको राजनीतिक दस्तावेज फिर्ता लिएर निर्वाचनमा जान सहमत भएको पार्टी एकता कायम रहने बताएका छन्।

कांग्रेस केपीको प्रतिपक्ष, जोगिएलान मुख्यमन्त्री शंकर?

केहि दिन अघि बरिष्ठ नेता रामचन्द्र पौडेललाई भेटेका सभापति देउबाले आँफै यो अभ्यासको थालनी गरिसकेका छन् । कांग्रेसको यो प्रयास पश्चात अल्पमतमा रहेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलको मुख्यमन्त्री पद पनि जोखिम उन्मुख बन्दै गएको छ ।

'संसद् विघटनलाई राजनीतिक विषय भनेर अदालत उम्किन मिल्दैन'

अधिवक्ता दीनमणि पोखरेलले संसद् विघटनलाई राजनीतिक विषय भनेर अदालत उम्किन नमिल्ने बताएका छन्।

संसद विघटन भएको, जनताको अधिकार खोसिएको होइन : मुख्यमन्त्री पोखरेल

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रतिनिधि सभा विघटन भएपनि जनताका अधिकार यथावत रहेको बताएका छन्। बाँकेको खजुरामा सोमबार सडक उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उपप्रधानमन्त्री पोखरेललाई कालोझण्डा, अखिलका केन्द्रीय सदस्य पक्राउ

उपप्रधानमन्त्री इश्वर पोखरेललाई बारामा विद्धार्थीले कालो झण्डा देखाएका छन्। कालो झण्डा देखाएको आरोपमा अनेरास्ववियूका एक जना नेतालाई प्रहरीले पक्राउ गरेको छ।

आयोगले कानुनी रूपमा सूर्य चिन्ह र पार्टीको आधिकारिकता हामीलाई दिन्छ : ईश्वर पोखरेल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका नेता ईश्वर पोखरेलले निर्वाचन आयोगले केपी शर्मा ओली नेतृत्वको नेकपालाई आधिकारिकता दिने दाबी गरेका छन्।

रेल्वे विधेयक पास नहुने भएपछि अध्यादेश

राष्ट्रियसभा विधायन व्यवस्थापन समितिमा एक वर्षदेखि छलफलमा रहेको रेल्वे विधेयक संसद्बाट पारित नहुने भएपछि सरकारले अध्यादेश ल्याउने तयारी गरेको छ । तर राष्ट्रियसभामा सत्तापक्षको बहुमत नपुगेपछि बिहीबारको बैठकका सम्भावित कार्यसूचीमा रेल्वे विधेयक फिर्ता गरिने विषय समावेश गरिएको छैन ।

अस्ट्रेलियामा डुबेर झापा घर भएका विद्यार्थीको मृत्यु

अस्ट्रेलियाको सिड्नी सहरस्थित पोखरीमा डुबेर एक नेपाली विद्यार्थीको मृत्यु भएको छ।

निर्वाचनमा जानु सरकारको बाध्यात्मक कदम होः उपप्रधानमन्त्री पोखरेल

उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रतिनिधिसभा विघटन गरी निर्वाचनमा जानु सरकारको बाध्यात्मक कदम भएको बताएाक छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्