१४ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

आयोगले कानुनी रूपमा सूर्य चिन्ह र पार्टीको आधिकारिकता हामीलाई दिन्छ : ईश्वर पोखरेल

फाइल तस्वीर

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका नेता ईश्वर पोखरेलले निर्वाचन आयोगले केपी शर्मा ओली नेतृत्वको नेकपालाई आधिकारिकता दिने दाबी गरेका छन्। हेटौंडामा शनिबार आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता पोखरेलले नेकपाको निर्वाचित अध्यक्ष ओली भएकाले चुनाव चिन्ह र दलको मान्यता आफूहरुले पाउने बताएका हुन्। ‘निर्वाचन आयोगले कानुनी र प्रक्रियागत रुपमा सूर्य चिन्ह र पार्टीको आधिकारिकता केपी शर्मा ओलीलाई दिनेमा हामी ढुक्क छौं,’ उनले भने।  

उप–प्रधानमन्त्री समेत रहेका नेता पोखरेलले तोकिएकै समयमै मध्यावधी चुनाव हुने दाबी गरे। ‘वैशाखको १७ गते र २७ गते दुई चरणमा गरेर निर्वाचनको मिति घोषणा गरिएको छ। ढुक्क भए हुन्छ, तोकिएकै समयमा निर्वाचन हुन्छ’ उनले भने ।  

उनले चुनावका लागि सरकारले तयारी थालिसकेको पनि जनाए। नेता पोखरेलले निर्वाचनलाई सम्पन्न गर्न सरकारले चारवटै सुरक्षा निकायका प्रमुखसँग निर्वाचनको प्रारम्भिक योजना बनाइसकेको बताए। कांग्रेस चुनावमा लागिसकेको दाबी गर्दै उनले अन्य दलहरुलाई समेत  चुनावमा लाग्न आग्रह गरे।

प्रकाशित: २५ पुस २०७७ ११:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App