८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

अस्ट्रेलियामा डुबेर झापा घर भएका विद्यार्थीको मृत्यु

प्रतिकात्मक तस्बिर

अस्ट्रेलियाको सिड्नी सहरस्थित पोखरीमा डुबेर एक नेपाली विद्यार्थीको मृत्यु भएको छ। 

अस्ट्रेलियाली टेलिभिजन नाइन न्युजका अनुसार रोयल नेसनल पार्कस्थित वाटामोला पोखरीमा सोमबार अपराह्न पौडी खेल्ने क्रममा २७ वर्षीय सचित विमलीको मृत्यु भएको हो। उनको घर झापा हो।  

स्थानीय सञ्चारमाध्यमका अनुसार ७ मिटर गहिरो दहमा ९ मिटर अग्लो क्लिफबाट हामफाल्ने क्रममा ती नेपाली विद्यार्थीको मृत्यु भएको हो।  

दिदीसँगै सिड्नीको अर्वनमा बसोबास गर्ने सचित साथीहरूसँंग वाटामोल्ला पार्क घुम्न गएका थिए। त्यही क्रममा पौडी खेल्दा डुबेर उनको मृत्यु भएको हो।  

सन् २०१९ को जुलाईमा अस्ट्रेलिया पुगेका विमली त्यहाँको प्रसिद्ध मक्वारी विश्वविद्यालयमा आइटीअन्तर्गत मास्टर्स डिग्री पढिरहेका थिए।  

त्यहाँ वर्षेनी पानीमा डुबेर नेपाली विद्यार्थीको मृत्यु हुने गरेको छ। 

प्रकाशित: २१ पुस २०७७ ११:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App