१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

काठमाडौंबाट भारत जाँदै गरेको बस धादिङको गल्छीमा दुर्घटना, एकको मृत्यु

काठमाडौंबाट भारतको राजस्थान जाँदै गरेको यात्रुबाहक बस धादिङमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। १९ जना घाइते भएका छन्।

क्यान्सर वार्डका कुरुवा भूइँमै बस्न बाध्य

महिनौं उपचारमा आउने बिरामीको कुरुवाका लागि भने वीर अस्पतालको अन्कोलोजी र भक्तपुर क्यान्सर अस्पतालको अन्कोलोजी विभाग दुवैमा कुरुवाको लागि सुत्ने मिनी बेड (मेच) नहुँदा कुरुवाले सास्ती झेल्नुपरेको छ।

संसद्प्रति सरकार किन अनुदार?

संसद् जनप्रतिनिधिमूलक संस्था हो। सरकार संसद्प्रति र संसद् जनताप्रति जवाफदेही हुनुपर्छ। तर सरकारले संसद्लाई सहयोग नगर्दा संसदीय कामहरू प्रभावित हुँदै आएको विगत छ।

नेकपा एसकाे संसदीय दलको बैठक बस्दै

बैठकमा बजेटबारे पार्टीका सांसदहरुको असन्तुष्टिमाथि छलफल हुनेछ। बजेटमा असमानता रहेको भन्दै पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेसहितका नेताहरु सरकारसँग असन्तुष्ट छन्।

सहरी क्षेत्रमा अब साढे दुई आनाकै घडेरी

भूमि व्यबस्था मन्त्रालयले सहरी क्षेत्रमा कित्ताकाट गर्न जग्गाको न्यूनतम क्षेत्रफल १सय ३० वर्ग मिटरबाट ८० वर्ग मिटरमा झार्न प्रस्ताव तयार गरेको छ।

धर्ना बसेका नागरिकमाथि प्रहरी दमन नहोस्: सांसद् अमरेशकुमार सिंह

प्रतिनिधिसभाका सांसद अमरेशकुमार सिंहले नागरिकता पाउनुपर्ने माग गर्दै काठमाडौंको माईतीघर मण्डलामा धर्नामा बसिरहेका नागरिकहरुमाथि प्रहरीले दमन गरेकोमा निन्दा र भत्सर्ना गरेका छन्।

दुर्गम बस्तीमा अहिले पनि घट्टकै भरमा चल्छ दैनिकी

पछिल्लो समय आधुनिक प्रविधिको प्रयोग बढेसँगै परम्परागत प्रविधि लोप हुँदै गएका छन्। तर, जुम्लाको दुर्गम बस्तीमा अझै पनि कुटानी–पिसानीका लागि परम्परागत पानी घट्टको प्रयोग कायमै छ।

ज्यानमुद्दा फिर्ताविरुद्ध धर्ना बसेका उपप्राध्यापक चलाउने पक्राउ (तस्बिरहरु)

आफूलाई आक्रमण गर्नेहरुविरुद्धको ज्यानमुद्दा सरकारले फिर्ता गरेपछि जिल्ला अदालत, काठमाडौंमा धर्ना बस्न गएका उपप्राध्यापक प्रेम चलाउने पक्राउ परेका छन्।

भौतिक निर्माण वातावरणमैत्री बनाइनुपर्ने

डेमोक्रेटिक इन्जिनियर्स एलाइन्सले बसोबासयोग्य काठमाडौं सहर विषयमा विज्ञहरूबीच छलफल चलाएको छ। छलफलमा सहभागी विज्ञले भौतिक निर्माणमा अब गो ग्रीन (वातावरणमैत्री) बनाइनुपर्नेमा जोड दिए।

नयाँ बसपार्कभित्र थपियो ५६ काउण्टर

काठमाडौँभित्रबाट उपत्यका बाहिर चल्ने सार्वजनिक जीप तथा माइक्रोबस नयाँ बसपार्कभित्रबाट सञ्चालन हुन थालेसँगै ५६ टिकट काउण्टर थप भएका छन्।

इमाडोलमा बिच सडकमै पल्टियो बस

शनिबार बिहान सवा पाँच बजे लुभुबाट लगनखेल आउँदै गरेको बा २ ख ८५८३ नम्बरको बस इमाडोलकाे बाहुन धारा भन्ने ठाउँमा दुर्घटनामा परेको हो।

सोमलालबाट सुरु भयो गोलमाल

मुख्यसचिवको ३ वर्षे कार्यकाल पूरा नगरी राजीनामा दिने/दिन लगाउने परम्परा तत्कालीन मुख्यसचिव सोमलाल सुवेदीको पालाबाट सुरु भएको थियो।

बसपार्क बाहिरका टिकट काउण्टर हटाइए

काठमाडौँभित्रबाट उपत्यका बाहिरका विभिन्न जिल्लामा सञ्चालन हुने सार्वजनिक जीप तथा माइक्रोबस आजदेखि नयाँ बसपार्कबाट सञ्चालन भएका छन्।

आजदेखि उपत्यकाबाहिर जाने सवारी नयाँ बसपार्कबाट मात्र छुट्ने

आजबाट काठमाडाैं उपत्यका बाहिर जाने यात्रुवाहक सवारीसाधनहरु नयाँ बसपार्कबाट मात्र छुट्ने भएका छन्।

प्रभात बसेललाई साढे २ लाख धरौटीमा रिहा गर्न आदेश

जबरजस्ती करणी, अपहरण र शरीर बन्धक सम्बन्धी आरोपमा थुनामा रहेका मोटरसाइकल राईडर प्रभात बसेललाई धरौटीमा रिहा गर्न जिल्ला अदालत म्याग्दीले आदेश दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्