७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

भौतिक निर्माण वातावरणमैत्री बनाइनुपर्ने

काठमाडौंलाई बसोबासयोग्य सहर बनाउने अभियान थालिएको छ। अभियानअन्तर्गत पहिलोपटक यस विषयमा आइतबार विज्ञहरूबीच छलफल भएको छ। डेमोक्रेटिक इन्जिनियर्स एलाइन्सले बसोबासयोग्य काठमाडौं सहर विषयमा विज्ञहरूबीच छलफल चलाएको हो।

छलफलमा सहभागीहरूले भौतिक निर्माणमा अब गो ग्रीन (वातावरणमैत्री) बनाउनुपर्नेतर्फ विशेष ध्यान दिनुपर्ने बताए। गो ग्रीनको अवधारणालाई अघि सारे मात्रै काठमाडौं उपत्यका दीगो सहर हुने उनीहरूले बताए।

उपत्यकालाई जोगाउन अब यो धारणालाई विशेष ख्याल गर्नुपर्ने उनीहरूले बताए। उनीहरूले काठमाडौं उपत्यकामा बढ्दो जनसंख्या तथा अनियन्त्रित विकास निर्माणले अस्तव्यस्त बनेकोमा चिन्ता व्यक्त गरे। यही तथ्यलाई मध्यनजर गरी इन्जिनियर्सहरूले काठमाडौंलाई बसोबासयोग्य सहर बनाउने अभियानको थालनी गर्नुपर्नेमा जोड दिएका हुन्।

डेमोक्रेटिक इन्जिनियर्स एलाइन्सले बसोबासयोग्य काठमाडौं सहर विषयमा विज्ञहरूबीच छलफल चलाएको छ। छलफलमा सहभागी विज्ञले भौतिक निर्माणमा अब गो ग्रीन (वातावरणमैत्री) बनाइनुपर्नेमा जोड दिए।

‘अस्तव्यस्त काठमाडौंलाई बस्नलायक सहरको रूपमा विकसित गर्नु आजको चुनौती हो,’ कार्यक्रममा सहभागी विज्ञहरूले भने, ‘यसै सन्दर्भमा उपत्यकावासीले भोग्नुपरेका बहुआयामिक समस्याहरूको पहिचान र समाधानका उपायबारे विस्तृत छलफलको सुरुवात गर्न थालौं।’

कार्यक्रममा एसियाली विकास बैंकका पूर्वउपाध्यक्ष डा. बिन्दुनाथ लोहनीले प्रमुख वक्ताका रूपमा बसोबासयोग्य काठमाडौं उपत्यका विषयमा विशेष कार्यपत्र प्रस्तुत गरेका थिए। यस विषयमा अन्य बहुआयामिक पक्षबारे भविष्यमा विभिन्न कार्यक्रम सञ्चालन गरी समष्टिगत रूपमा निक्र्योलको रूपमा तयार हुने प्रतिवेदनलाई सबै राजनैतिक, योजनाविद् तथा सरोकारवालासँग अन्तक्रिया गरिने भएको छ।

कार्यपत्रमाथि सहरी विकास मन्त्रालयका सचिव इन्जिनियर रवीन्द्रनाथ श्रेष्ठ, काठमाडौं उपत्यका विकास प्राधिकरणका नायब विकास आयुक्त इन्जिनियर नवराज प्याकुरेल, नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुगतरत्न कंसाकार, वरिष्ठ सहरी योजनाकार इन्जिनियर उमेशबहादुर मल्ललगायतले टिप्पणी गरेका थिए। कार्यक्रमको सभापतित्व सचिव पूर्णप्रसाद कडरियाले गरेका थिए। कार्यक्रमको प्रमुख अतिथि शंकरनाथ रिमाल थिए।

कार्यक्रममा एसियाली विकास बैंकका पूर्वउपाध्यक्ष डा. बिन्दुनाथ लोहनीले प्रमुख वक्ताका रूपमा बसोबासयोग्य काठमाडौं उपत्यका विषयमा विशेष कार्यपत्र प्रस्तुत गरेका थिए।

दुई चरणमा भएको कार्यक्रमको पहिलो चरणमा डेमोक्रेटिक इन्जिनियर्स एलाइन्स स्थापनाको औपचारिक घोषणा गरिएको थियो। इन्जिनियरहरूले ‘राष्ट्र निर्माणमा समर्पित’ भन्ने नारासहित एलायन्सको घोषणा गरेका हुन्। कार्यक्रममा एलाइन्सका अध्यक्ष इन्जिनियर ध्रुव थापाले काठमाडौं उपत्यका बढ्दो जनसंख्या तथा अनियन्त्रित विकास निर्माणबाट आक्रान्त भएकाले समस्या समाधानका लागि यो अभियान सुरु गरेको बताए।

‘काठमाडौंलाई दिगो र बस्नलायक सहरको रूपमा विकसित गर्नु आजको चुनौती हो,’ अध्यक्ष थापाले भने, ‘यही चुनौतीको सामना गर्न हामीले अभियान थालेका हौं।’ राष्ट्रको विकासमा क्षमता प्रदान र सहयोग गर्ने सबै सरोकारवालाबीच समन्वयात्मक सहकार्य गरी अघि बढ्न अभियान सुरु गरेको अध्यक्ष थापाले बताए। कार्यक्रममा विज्ञहरूले काठमाडौं उपत्यकाको विकासका सम्बन्धमा आफ्ना धारण राखेका थिए।

प्रकाशित: ४ असार २०८० ०१:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App