६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

काठमाडौंबाट भारत जाँदै गरेको बस धादिङको गल्छीमा दुर्घटना, एकको मृत्यु

काठमाडौंबाट भारतको राजस्थान जाँदै गरेको यात्रुबाहक बस धादिङमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। १९ जना घाइते भएका छन्।  

काठमाडौंबाट राजस्थानका लागि छुटेको एआर ०६ इ ७०३१ नम्बरको बस आज बिहान ८ः५५ बजे गल्छी गाउँपालिका–७ को गल्छी मोडमा अनियन्त्रित भएर दुर्घटना भएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएकी १२ वर्षीया कल्पना पारिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएकाे छ। अन्य १९ जनाको गजुरी अस्पतालमा उपचार भइरहेको छ। बस सडक छेउमै पल्टिएपछि  सडक अवरुद्ध भएको थियो। 

प्रकाशित: ८ असार २०८० ०५:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App