६ आश्विन २०८१ आइतबार
image/svg+xml

केपी ओली कपमा भारत र भुटानका क्लब पनि सहभागी हुने

राष्ट्रिय युवा संघ नेपालले फागुन ११ गतेदेखि १९ गतेसम्म केपी ओली कप २०८० गर्ने भएको छ। काठमाडौँको बानेश्वरमा आज पत्रकार सम्मेलन गर्दै युवा संघले केपी ओली कपको बारेमा जानकारी दिएको हो।

थामिएन खोलामा अनियमित उत्खनन, संकटमा सुकुमबासी बस्ती

लहान नगरपालिका–१५ बानो गाउँको सुकुमबासीको जीवन खुट्टीखोलामा अडिएको छ। खुट्टीखोलाको पूर्वी डिलको यस बस्तीका मानिसको जीवन यसै खोलाको गिट्टी छानेर बिक्रीबाट हुने आम्दानीमा अडिएको छ।

प्रहरी छल्न खोज्दा राप्तीमा खस्यो बस

दाङमा १२ जनाको ज्यान जानेगरी भएको बस दुर्घटना प्रहरी बिटलाई छलेर भाग्न खोज्दा लिइएको तीब्र गतिका कारण भएको प्रहरीले जनाएको छ। ‘दुर्घटनास्थल नजिकै भालुवाङमा प्रहरी बिट छ।

राप्ती बस दुर्घटना : मृतक सबैको सनाखत

गए राति साढे १० बजे पूर्व-पश्चिम राजमार्गअन्तर्गत दाङको राप्ती नदीमा भएको बस दुर्घटनामा मृत्यु हुने सबैको सनाखत भएको प्रहरीको भनाइ छ।

दाङ बस दुर्घटनामा उद्धार गर्दै सशस्त्र प्रहरी बल

गए राती नेपालगन्जबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुवाहक बस दुर्घटनामा घाइते भएकाको सशस्त्र प्रहरी बल नं २९ ज्वालामाइ गण भालुबाङको सुरक्षाले उद्धार गरेको छ। बसभित्र रहेका यात्रुलाई उद्धार गरी सशस्त्र प्रहरी बलले स्थानीय अस्पताल तर्फ पठाइरहेको छ।

वीर अस्पतालमा तालाबन्दी गरे आफैँ आएर खोल्छु: मन्त्री बस्नेत

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पतालमा यदि कसैले तालाबन्दी गर्छ भने आफैँ आएर ताला काट्ने बताएका छन्।

महानगरमा नयाँ प्रमुख प्रशासकीय अधिकृत खोज्दै बालेन साह

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन साह) ले महानगरमा नयाँ प्रमुख प्रशासकीय अधिकृत खोजेका छन्।महानगरका प्रमुख प्रशासकीय अधिृकत बसन्त अधिकारीलाई साहले हटाउन चाहेका छन। यद्यपि अधिकारी अहिले पनि महानगरमै छन्। अहिले अधिकारीको कार्यकक्षमा ताला लगाएको छ।

जनशक्ति अभावले भूमि आयोगको काममा ढिलाइ

देशभरको अव्यवस्थित जमिनको व्यवस्थापन तथा स्वामित्व हस्तान्तरण गर्ने उद्देश्यका साथ गठित राष्ट्रिय भूमि आयोगको जिल्ला समितिहरू जनशक्ति अभावका कारण छिटोछरितो तरिकाले काम गर्न सकिरहेका छैनन्।

‘माथिल्लो मोदी ए’का लागि जुट्यो ७ अर्ब ४० करोड

माथिल्लो मोदी ए जलविद्युत् आयोजना निर्माणको लागि सात अर्ब ४० करोड रूपैयाँ लगानी जुटेको छ।

जसपाको केन्द्रीय राजनीतिक समितिको बैठक आज पनि जारी रहने

जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय राजनीतिक समितिको बैठक आज पनि जारी रहने छ।

सर्वोच्चको आदेश विपरीत स्वास्थ्य बिमा बोर्डका निर्देशक हटाउने सिफारिस मन्त्रिपरिषदमा

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सर्वोच्च अदालतको फैसला विपरीत स्वास्थ्य बिमा बोर्डका निर्देशक डा. दामोदर बसौलालाई हटाउने प्रस्ताव मन्त्रिपरिषदमा पठाएको छ।

धुलोपथ नबनाऊ चक्रपथ

मुख्य ट्रयाक विस्तारको ठेक्का हुनुअघि सर्भिस ट्रयाक निर्माणको काम सक्ने भन्दै हुँदाखाँदाको सडक खनिएको थियो। खन्ने तर टुंगोमा नपुर्‍याउने गर्नाले खासगरी चक्रपथको स्वयम्भूदेखि वसुन्धरा खण्ड बिल्लिबाठ हुन पुगेको छ।

लुम्बिनी प्रदेश स्तरीय महिला उद्यम प्रदर्शनी सुरु

महिला उद्यमीहरूद्वारा उत्पादित वस्तुहरुको प्रवर्द्धन तथा बजारीकरणको लागि लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी नेपालगन्जमा सुरु भएको छ।

तिनदिनभित्रै ट्रंक तथा डेडिकेटेड लाइन सम्बन्धित आवश्यक निर्णय गर्नेछौः मन्त्री बस्नेत

ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री शक्तिबहादुर बस्नेतले ट्रंक तथा डेडिकेटेड लाइनको विद्युत् बक्यौता सम्बन्धित विवादमा तीनदिनभित्रै आवश्यक निर्णय लिने भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्