२४ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

दाङ बस दुर्घटनामा उद्धार गर्दै सशस्त्र प्रहरी बल

तस्बिर सौजन्य: सशस्त्र प्रहरी बल

गए राती नेपालगन्जबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुवाहक बस दुर्घटनामा घाइते भएकाको  सशस्त्र प्रहरी बल नं २९ ज्वालामाइ गण भालुबाङको सुरक्षाले उद्धार गरेको छ। बसभित्र रहेका यात्रुलाई उद्धार गरी सशस्त्र प्रहरी बलले  स्थानीय अस्पताल तर्फ पठाएकाे छ।  

घाइतेहरूलाई सशस्त्र प्रहरी बलसँगै स्थानीय र नेपाल प्रहरीको टोलीले उद्धार गरिरहेको छ। दाङको भालुबाङस्थित राप्ती नदीमा बस खस्दा मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ।

दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसीका अनुसार गए राति १ बजेसम्म मृत्यु हुनेको संख्या १२ पुगेको हो। उनका अनुसार हालसम्म चार यात्रुको मात्र सनाखत हुन सकेको छ। मृत्यु हुनेहरूमा ६० वर्षे कुसुम बस्नेत, ३९ वर्षे सौरभ विष्ट, ६५ वर्षे तारानाथ पाण्डे, ३१ वर्षे भारतीय नागरिक मुने छन्। अन्य मृतकको सनाखत हुन सकेको छैन। शवलाई लमहीस्थित लमही अस्पतालमा राखिएको छ।

प्रकाशित: २८ पुस २०८० ०९:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App