४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

नारायणगढ–मुग्लिन सडक अवरूद्ध, वैकल्पिक सडक प्रयोग गर्न अनुरोध

नारायणगढ–मुग्लिन सडकखण्डमा खसेको पहिरो पन्छाउन अझै पाँच/छ घण्टालाग्ने भएको छ ।

पूर्वी चितवनबाट आउने सवारीलाई नारायणगढसम्म जान दिन माग

पूर्वी चितवनबाट नारायणगढसम्म सञ्चालन हुने सार्वजनिक यातयातका साधन विगत आठ महिनादेखि भरतपुरको केन्द्रीय बसपार्कमा रोकिन थालेपछि पूर्वी चितवनवासीले असहज महसुस गरेका छन्। नारायणगढसम्म पुग्नुपर्ने सवारी बीचमै झरेर अर्को सवारीसाधन खोज्नुपर्दा पूर्वी चितवनबासीले असहज महसुस गरेका हुन्।

चितवन प्रशासनले भन्योः नारायणगढ–मुग्लिन सडक खाेल्न रास्वपाबाट सहयोग लिइएको छैन

नारायणगढ–मुग्लिन सडक खण्डमा यात्रुहरूलाइ सहयोग गर्न भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीेले परिचालन गरेको तत्काल प्रतिकार्य समूह (आरएटी) को बारेमा जिल्ला प्रशासन कार्यालय चितवनले चासो देखाएको छ।

बुटवल–नारायणगढ सडकः ४२ महिनाको काम ५२ महिना पनि सकिएन, एकतिहाई मात्र स्तरोन्नति

एसियाली विकास बैंक (एडिबी)सँग ३२ बर्षका लागि १.५ प्रतिशत ब्याजदरमा ऋण लिएर निर्माण सुरु गरिएको बुटवल–नारायणगढ सडक सरकारी लापरवाही र ढिलासुस्तीको उत्कृष्ट नमुना बनेको छ।

९० घण्टा अवरोध भयो नारायणगढ–मुग्लिन सडक, १९ पटक गयो पहिरो

संघीय राजधानीलाई देशको पूर्व र पश्चिम भेगसँग भेग जोड्ने मुख्य मार्ग नारायणगढ–मुग्लिन सडक यस वर्षको बर्खा सुरु भएयता ९० घण्टा अवरोध भएको छ।

नारायणगढ–मुग्लिन सडकको विकल्प खोजिँदै

संघीय राजधानीलाई देशको पूर्व र पश्चिम भेगसँग भेग जोड्ने मुख्य मार्ग नारायणगढ–मुग्लिन सडकमा हरेक वर्ष बर्खामा पहिरोका कारण यात्रुले सास्ती खेप्नुपरेको छ ।

नारायणगढ–मुग्लिन सडक खण्ड बिहान ९ बजेदेखि पूर्ण रुपमा अवरुद्ध

पहिरो खसेर नारायणगढ–मुग्लिन सडक खण्ड बिहान ९ बजेदेखि पूर्ण रुपमा अवरुद्ध भएको छ।इच्छाकामना गाउँपालिका–६ स्थित कालिखोलामा माथिबाट लेदोसहितको पहिरो खसेर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।

नारायणगढ-मुग्लिन सडकमा फेरी पहिरो, राजमार्ग अवरुद्ध

तीन नम्बर पुलमा केही बेर अघि सुख्खा पहिरो खस्दा पुनः राजमार्ग अवरुद्ध भएको हो। माथिबाट खसेको पहिरो हटाउने काम भइरहेको चितवन प्रहरीले जानकारी दिएको छ।

कालिखोलामा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

नारायणगढ–मुग्लिन सडकखण्डको कालिखोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–४ स्थित कालिखोलामा आज बिहान पहिरो खसेको हो ।

अवरुद्ध नारायणगढ–मुग्लिन सडक ९ घण्टापछि दुइतर्फी सञ्चालनमा

पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडकखण्ड दुइतर्फी सञ्चालनमा आएको छ। नौ घण्टापछि आज विहानदेखि सडकखण्ड दुइतर्फी सञ्चालनमा आएको हो।

नारायणगढ–मुग्लिनको वैकल्पिक सडक : शक्तिखोर–फिस्लिङ अन्तिम चरणमा

असार महिना लागेपछि पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्डमा पटक–पटक अवरुद्ध हुँदै आएको छ। घन्टौँसम्म सडक सञ्चालन नहुँदा हजारौँ यात्रु सास्ती खेप्न बाध्य भएका छन्।

मुग्लिन–नारायणगढ सडकमा पहिरोले सास्ती:कतिखेर गन्तव्यमा पुगिने ठेगान छैन

तनहुँको दमौलीबाट बस चढेका मिलन हड्खलेलाई काठमाडौं पुग्न झन्डै १८ घन्टा लाग्यो। बिहान ६ बजे दमौलीबाट बस चढेका उनी काठमाडौंको बालाजुस्थित बसपार्कमा ओर्लिंदा मध्यरातको १२ बजिसकेको थियो। दमौलीबाट काठमाडौंसम्मको १५० किलोमिटर दुरी अरूबेला पाँच घन्टामै पूरा हुन्थ्यो तर यसपटक सोही दुरी पार गर्न उनलाई १८ घन्टा लाग्यो।

मुग्लिन–नारायणगढ पहिरोः गन्तव्यमा कतिखेर पुगिन्छ भन्न सकिन्न

गण्डकी र धवलागिरीका विभिन्न जिल्लाका यात्रु पृथ्वी राजमार्ग हुँदै आउजाउ गर्दा मुग्लिनमा भेट हुन्छ। त्यसपछि यात्रुहरु चितवन र काठमाडौंतिर बाँडिने गर्नछ। अहिले पृथ्वी राजमार्गको पोखरा–आँबुखैरेनी खण्ड बिस्तारको क्रममा रहेर धुलो र हिलोको सास्ती भएपनि पहिरोको समस्या उत्तिसारो दोहोरिएको छैन। तर, मुग्लिन–नारायणगढका कारण निम्तिएको सास्ती भने पृथ्वी राजमार्ग भएर आउजाउ गर्ने यात्रुले पनि भोग्ने गरेका छन।

नारायणगढ–मुग्लिन सडकखण्ड फेरी अवरुद्ध, पहिरोमा परी कण्टेनर पल्टियो

माथिबाट झरेको पहिरोले नारायणगढदेखि काठमाडौ तर्फ जाँदै गरेको ना ६ ख ७१० नम्बरको कण्टेनर समेत पल्टाएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्