१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

नारायणगढ–मुग्लिन सडकखण्ड फेरी अवरुद्ध, पहिरोमा परी कण्टेनर पल्टियो

नारायणगढ–मुग्लिन सडक खण्ड फेरी अवरुद्ध भएको छ। इच्छाकामना गाउँपालिका ५ तुईन खोला नजिक पुरानै ठाउँमा गएराति १ः५० मा  पहिरो खस्दा दुई तर्फिनै सडक अवरुद्ध भएको हो।  

माथिबाट झरेको पहिरोले नारायणगढदेखि काठमाडौ तर्फ जाँदै गरेको ना ६ ख ७१० नम्बरको कण्टेनर समेत पल्टाएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए। पल्टिएको कन्टेनर सोही स्थानमा रहेको ढिस्कोमा फसेका कारण सडक अवरुद्ध भएको हो। अहिले  कन्टेनर र पहिरो हटाउन सुरु गरिएको उनले जानकारी दिए।  

कन्टेनर चालक वीरगन्जका ३५ वर्षिय राम पुकार घाइते  घाइते भएका छन्। उनलाई स्थानिय हाइवे अस्पताल लगेर उपचार गरेको बताइएको छ। उनको अवस्था माध्यम रहेको प्रहरीले जनाएको छ।

हिजो (आइतबार) झण्डै १८ घण्टा अवरुद्ध भएको यो सडक साँझबाट सुचारु भएको थियो । यहाँ बिहीबारदेखि पहिरो खस्ने क्रम चलिरहेको छ। बिहीबार २८ घण्टापछि सडक खुलेको थियो ।

प्रकाशित: १८ असार २०८० ००:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App