१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

कालिखोलामा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

नारायणगढ–मुग्लिन सडकखण्डको कालिखोलामा खसेकाे पहिरो पन्छाउँदै। तस्बिरः वसन्त ढुंगाना/नागरिक

नारायणगढ–मुग्लिन सडकखण्डको कालिखोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–४ स्थित कालिखोलामा आज बिहान पहिरो खसेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार सो सडकखण्ड भएर चल्ने सवारीसाधन दुईतर्फी नै रोकिएका छन् । उनले भने,“पहिरो पन्छाउने क्रम सुरु गरिएको छ । पानी परिरहेकाले पहिरो पन्छाउन कति समय लाग्ने भन्न  सकिँदैन ।”

प्रकाशित: ९ श्रावण २०८० ०३:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App