२१ आश्विन २०८१ सोमबार
image/svg+xml

गोलभेंडाः काठमाडौंमा १० रुपैयाँमा बिक्दैन, पोखरामा किलोको ७०

राजधानी काठमाडौंमा आइतबार मूल्य नपाएको भन्दै सडकमा गोलभेंडा फ्याकियो। किसानले झन्डै चारलाख किलो गोलभेंडा सडकमा फालेको अनुमान छ। प्रतिकिलो १० रुपैयाँमा पनि बिक्री नभएको भन्दै आक्रोशित किसानले राजधानीका सडकमा गोलभेंडा फ्याकिरहँदा पोखरामा भने त्यही गोलभेंडाको प्रतिकिलो खुद्रा मूल्य ६५ देखि ७० रुपैयाँ छ।

बालेनको सिको गर्दै पोखराका मेयरले पनि रोके भारतीय चलचित्र प्रदर्शन

पोखरा महानगरमा मेयर धनराज आचार्यले सिनेमा हलहरूलाई पत्राचार गर्दै दक्षिण भारतीय चलचित्र आदिपुरूषमा राखिएको संवाद नसच्याइएसम्म कुनैपनि भारतीय चलचित्र नचलाउन निर्देशन दिएका हुन्।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलः बुधबार सिचुआन एयरलाइन्सको जहाज पोखरा अवतरण गर्ने

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएको ६ महिनापछि पहिलोपटक अन्तर्राष्ट्रिय उडानबाट आएको जहाज अवतरण गर्ने भएको छ। चीनको सिचुआन एयरलाइन्सले छेङदु–पोखरा चार्टर्ड उडान गर्ने तयारी गरेको हो।

पोखरा विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय उडान सिचुआन एयरलाइन्सले भर्ने

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चिनियाँ विमान कम्पनी सिचुआन एयरलाइन्सले पहिलो अन्तर्राष्ट्रिय उडान भर्ने भएको छ।

पोखराको पर्यटनलाई ‘ड्रागन बोटरेस’ कोसेली

दक्षिण एशियामै पहिलोपटक पोखरामा अर्काे साता ‘नेपाल–चीन फ्रेन्डसीप ड्रागन बोटरेस फेस्टिभल’ हुने भएको छ। फेवातालमा हुने यो बोट रेसले नेपालमा चिनियाँ पर्यटकको आगमनमा वृद्धि गर्ने अपेक्षा पर्यटन क्षेत्रको छ। फेस्टिभलकै अवसर पारेर पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक अन्तर्राष्ट्रिय उडानको जहाज अवतरण गर्ने तयारी पनि छ।

पोखरामा प्रथम प्रदेशस्तरीय राष्ट्रिय भारोत्तोलन प्रतियोगिता शुरु

पोखरामा शुक्रबारदेखि प्रथम प्रदेशस्तरीय राष्ट्रिय भारोत्तोलन प्रतियोगिता शुरु भएको छ। प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा शुरु भएको प्रतियोगितामा ६ प्रदेशका खेलाडीहरुको सहभागिता रहेको छ।

पर्यटन बोर्ड र पोखराका व्यावसायीबीच आरोप–प्रत्यारोप

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पर्यटन प्रर्वद्धन को जिम्मा पाएको निकाय पर्यटन बोर्ड र पोखराका पर्यटन व्यावसायीबीच विवाद चर्किदै गएको छ। पर्यटन प्रर्वद्धनमा उचित भूमिका खेल्न नसकेको भन्दै व्यावसायीले बोर्डको पोखरा कार्यालयका कर्मचारी विरुद्ध केन्द्रीय कार्यालयमा उजुरी नै गरेका छन्।

पोखरामा ‘प्राज्ञिक मूलधारमा आविष्कार र अनुसन्धान’ विषयबारे छलफल

पोखरामा प्राज्ञिक मूलधारमा आविष्कार र अनुसन्धान’ विषयक गण्डकी युनिभर्सिटी ईन्टरनेसनल कन्फेरेन्स शुरु भएको छ। गण्डकी विश्वविद्यालयको आयोजनामा शुरु भएको त्रिदिवसीय सम्मेलनको गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उद्घाटन गरे।

मुग्लिन–पोखरा सडक: तनहुँ खण्डमा डेढ किमी कालोपत्र

मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँ खण्डमा कालोपत्रको कामलाई तीव्रता दिइएको छ।

पोखराः ४४ वर्षपछि जुन महिनाको तापक्रममा नयाँ रेकर्ड

सन् १९७९ जुन ७ मा पोखराको तापक्रम ३५.३ डिग्री सेल्सियस थियो। त्यसपछिका वर्ष जुन महिनामा पोखराको तापक्रम यो भन्दा कहिल्यै माथि उक्लिन पाएको थिएन। तर, ४४ वर्ष अघिको तापक्रमको त्यो रेकर्ड ब्रेक गर्ने गरि गत शुक्रबार (२०२३ जुन ९)मा पोखराको तापक्रम ३६ डिग्री पुगेको छ।

सावित्रालाई स्कुटर हस्तान्तरण

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीद्वारा आयोजित ‘सातौं पोखरा स्पोर्टस् अवार्ड’ मा वर्ष उत्कृष्ट महिला खेलाडी बनेकी सावित्रा भण्डारीलाई इलेक्ट्रिक स्कुटर हस्तान्तरण गरिएको छ। अवार्डमा उत्कृष्ट भएकी भण्डारीलाई पुरस्कार स्वरुप टेल्जी नेपालको टाइगर इलेक्ट्रिक स्कुटरले पुरस्कार प्रदान गरेको हो।

पोखरामा पौडी पोखरीमा डुबेर बालकको मृत्यु

पोखरामा पौडी पोखरीमा डुबेर एकजना बालकको ज्यान गएको छ। पोखरा महानगरपालिका–१६ बाटुलेचौरस्थित मोहनदत्त पोखरेलले सञ्चालन गरेको स्वीमिङ पुलमा डुबेका पोखरा–८ आलुमाईला चोकका १० वर्षिय एनेक्स थापाको मृत्यु भएको हो।

राष्ट्रिय जुनियर तथा खुल्ला फेन्सिङमा बागमती च्याम्पियन

पोखरामा आयोजित प्रथम राष्ट्रिय जुनियर तथा खुल्ला फेन्सिङ प्रतियोगितामा बागमती प्रदेश च्याम्पियन बनेको छ। ८ स्वर्ण पदकको लागि भएको टिम तथा व्यक्तिगत प्रतिस्पर्धामा बागमती प्रदेशले ५ स्वर्ण पदकसहित च्याम्पियन बन्यो।

१९९९ पछि पोखराको तापक्रमको पारो उच्च बिन्दुमा

गर्मी छल्ने गन्तव्यको रुपमा परिचित पोखरा योपटक आफै तातेको छ। गर्मी छल्नकै लागि भनेर तराई भेगका ठुला सहरबाट आन्तरिक र भारतीय पर्यटकहरु पोखरा आउने गरेका थिए। तर २३ वर्ष पुरानो रेकर्ड नै ब्रेक गर्नेगरि पोखराले यो पटक गर्मी अनुभव गरेको जल तथा मौसम विज्ञान कार्यालय पोखराले जनाएको छ। सन् १९९९ पछि पोखराको तापक्रमको पारो यो आकारमा पुगेको हो।

पोखरामा भोलिदेखि जुनियर फेन्सिङ प्रतियोगिता

आगामी शुक्रबार र शनिबार पोखरामा प्रथम राष्ट्रिय जुनियर तथा खुल्ला फेन्सिङ प्रतियोगिता हुने भएको छ। प्रतियोगितामा इन्डिभिजुअल र टिम इभेन्टमा गरी १० स्वर्ण, १० रजत र ४० कास्य गरी कुल ६० पदकका लागि प्रतिस्पर्धा हुनेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्